Skip to content

सागरको गहिराइ लाई सोधे
तिमी गहिरो कि मेरो माया?
मेरो तटमा त पुग्छौ तिमी तर
पुगी आऊ पैले मुटुको दायाबाया!

आकसको उचाईलाई सोधे
तिमी उच्च कि मेरो भावना?
नक्षत्र तिमी पुग्न सक्छौ तर
बद्लिने मनको हुन्न ठेकाना

बनको घना बृक्षहरुलाई सोधे
तिमीहरु ठूलो कि मेरो त्याग?
मलाई काटी छोट्याउन सक्छौ तर
तिम्रो स्वार्थ हुनेछ जिन्दगीको भाग!

हिउदमा शितको थोपाहरुलाई सोधे
तिम्रो मात्रा धेरै कि मेरो अश्रुधारा?
हत्केलाले पुछेर मलाइ पुछ्छौ तर
हासो सगै आशु पनि हो जीउने साहारा!

indra20092003@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *