आँशु झर्छ थोपा थोपा नयनबाट
नरोक यसलाई निरन्तर बहन देऊ
मनको मैला पखाली लान्छ
आँशुसँगै पिर ब्यथा पोखिन देऊ
नजोड टुक्रिएको काचका टुक्राहरू
फोहोर मैलाको ढ्वाङमा मिल्काई देऊ
कुरेर नबस आकासे चङ्गालाई
छिनियो डोरी क्षितिजमै उड्न देऊ
नहाल पानी ओईलिएको बोटमा
सुकेछ जरा बिस्तारै ढल्न देऊ
सुन्दर सपनाको महलहरू जलेर गए
रहेन केही, सबै कुरा तिमीले बिर्सिदेऊ
-ईन्द्र सुनुवार

oho indra ji namaskar! hain
oho indra ji namaskar! hain hou dherai din pachhi tapaiko rachaana dekhn pauda khusi po lagyo dami chh ramro lagyo tapaiko rachaanaa aab chin lagatar herna pau bhanne aasaa chh,
नजोड टुक्रिएको काचका टुक्राहरु
फोहोर मैलाको ढ्वाङमा मिल्काई देऊ
कुरेर नबस आकासे चङ्गालाई
छिनियो डोरी क्षितिजमै उड्न देऊ
“mridu”