Skip to content

Karan.Biwasha

देश बनाउने (मुक्तक)

देश बनाउने नौलो विधान, देऊ न ए सरकार
भ्रष्टको घाटी रेट्ने कानून, देऊ न ए सरकार
देश हाम्रो अन्यायमा, फसिरहेको छ दिनका दिन
अब छिट्टै देशमा संविधान, देऊ न ए सरकार

खडेरीले गर्दा (मुक्तक)

खडेरीले गर्दा यी डाडा काडाहरु, सुक्लान भन्ने चिन्ता
सारा युवा गरीबीले गर्दा, खाडी मुलुक पुग्लान भन्ने चिन्ता
पढेर नी गतिलो जागिर पाईन्न, यो वर्तमान परिवेशमा
गिट्टि वालुवा चालु भने, यी हातहरु दुख्लान भन्ने चिन्ता

आन्दोलन गर्नै पर्छ अब……………………..(गजल)

जुलुस निकाल्दै, आन्दोलन गर्नै पर्छ अब
झण्डा ऊचाल्दै, आन्दोलन गर्नै पर्छ अब

अति भो देशमा, दुष्कर्म र पाखण्डी पारा
समय नियाल्दै, आन्दोलन गर्नै पर्छ अब

देश राष्ट्रियता र,स्वाभिमानका खातिर पुत्लाहरू
यी दलालका बाल्दै, आन्दोलन गर्नै पर्छ अब

सहि को? गलत को?,एक-एक गरी देशका कंयौ
कलङ्कहरू फाल्दै, आन्दोलन गर्नै पर्छ अब

भ्रष्ट र भ्रष्ट्राचारी, देश सिध्याउनेका शिरहरू
अचानोमा छिन्दै, आन्दोलन गर्नै पर्छ अब

मेरो त ईज्जत………………………(मुक्तक)

मेरो त ईज्जत अनि औकात ठूलो, भनि फुर्किनेहरू पनि देखेको छु…….!
नाम र सान मेरै मात्र यत्रतत्र जहातहि, भनि तम्सिनेहरू पनि देखेको छु……..!!
के-के न देखेको छु यो कलियुगमा, वर्णन गरी साध्यै छैन आज यहाॅ…………!!!
रुखो वचनले ठोक्छन मुटु माझ, अनि आफै ठुस्किनेहरू पनि देखेको छु……….!!!!

बाढी पीडित (मुक्तक)

बाढी पीडितहरूलाई, राहत दिलाएकै राम्रो
रोदनमय ती पीडाका, घाऊहरू भलाएकै राम्रो
बाढी प्रभावित क्षेत्रमा, नेताहरू पठाउनुभन्दा
राहत सामाग्रीसॅगै, बिज्ञ व्यक्ति पठाएकै राम्रो

देखेको छु……………………………..(मुक्तक)

मेरो त ईज्जत अनि औकात ठूलो, भनी फुर्किनेहरू पनि देखेको छु
नाम र सान मेरै मात्र यत्रतत्र जहातहीं, भनी तम्सिनेहरू पनि देखेको छु
के-के न देखेको छु यो कलियुगमा, वर्णन गरी साध्यै छैन आज यहाँ
रुखो वचनले ठोक्छन मुटु माझ, अनि आफै ठुस्किनेहरू पनि देखेको छु

ए सरकार…………..(मुक्तक)

ए सरकार कत्ति चाडै, नेपालीको संकट तैले थाहा पाइस
बाढी पहिरो पीडीत क्षेत्रमा, उध्दार टोली नी खटाइस
ए सरकार मनैदेखि धन्यवाद तॅ लाइ, आखिरीमा औकात देखियो….
घरबास गुमाउनेहरुको मुल्य, जम्मा चालिस हजार तोकिस………………!!

————————
करन बिवश
धनगढी, कैलाली

अचेल मेरो (मुक्तक)

अचेल मेरो देशको शिर दु:ख्छ, र पो नालापानी रुन्छ
देशको अस्मितामा पराईको नजर पुग्छ, र पो कालापानी रुन्छ
ढलेका छन लाशहरू यत्र-तत्र, कस्ले जोगाउछ देशको स्वाभिमान यहाँ
झिसमिसे मै बग्छन रगतका खोलीहरू, र पो हर बिहानी रुन्छ

देश बन्ने (मुक्तक)

देश बन्ने कुनै नयाँ चाल छैन
सुख शान्तिको कतै नयाँ हाल छैन
जाली फटाहाकै जता नि बिगबिगी भो आज
नीतियूक्त देश फेरिने कुनै नयाँ सन्जाल छैन

रोदन मै बाच्नु पर्दा……………………….(मुक्तक)

रोदन मै बाच्नु पर्दा आसुमा डुबेकै छ जिन्दगी
नयनहरु बर्सिदा अचेल बहरमा लुकेकै छ जिन्दगी
सधैं जसो मन मुटु भरि धसि-धसी छुरी धारहरु
शुन्यताको गन्तव्यहिन यात्रामा पुगेकै छ जिन्दगी

देश बनाउने………….(मुक्तक)

देश बनाउने नौलो बिधान देउन ए सरकार
भ्रष्टको घाटी रेट्ने कानुन देउन ए सरकार
देश हम्रो अन्यायमा फसिरहेको छ दिनका दिन​
अब छिट्टै देशमा सम्बिधान देउन ए सरकार….

नेपाल भूमिका……………(मुक्तक)

नेपाल भूमिका निम्ति केहि गर्न बाचेको मान्छे
एक मुठी सास साचि अगाडी बढेको मान्छे…..
शान्तिलाई भित्र्याउन नेपाल भूमि भित्र भनेर
हजार पल्ट अशान्ति सङ्ग लडेको मान्छे…….

अर्काको शिरमा (मुक्तक)

अर्काको शिरमा टेकी, अघि हिन्नेहरू छन यहाँ
दीन दु:खी असहायकै, गास निल्नेहरू छन यहाँ
कस्तो नीति नियम गणतान्त्रिक नया नेपालमा
आफ्नै पेट भर्नलाई, मात्र भिड्नेहरू छन यहाँ ।

अभागी मान्छे (मुक्तक)

अभाग्गी मान्छे भएछु दैवले नि ठगेसी
को नै रह्यो र साथमा आफ्नो मान्छे पर-पर सरेसी
मर्नु न बाच्नु भाछ जिन्दगी यो आज मलाई
दु:ख पीडा मेरो भागमा खुशी जति सारा तिमीले लगेसी

हल्लै हल्ला संविधान (गजल)

हल्लै हल्ला सँविधान, बन्दैन भन्ने चल्छ नेपालमा
कुन्नि किन हरेक दिन, सरकार ढल्छ नेपालमा

चर्का-चर्का स्वरहरूसँगै, बिरोध गर्दै एक अर्काको
सडकमा वर देखि परसम्म, टायर मात्रै जल्छ नेपालमा

बिरक्तिएर जिन्दगीमा (मुक्तक)

बिरक्तिएर जिन्दगीमा रमाउनु पर्छ कहिलेकाहीं
आँशु थोपा मै परेली सजाउनु पर्छ कहिलेकाहीं
यस्तै यस्तै नियति पर्दाका पीडा सहन गरेरै
जलेको मनमुटु नि हसाउनु पर्छ कहिलेकाहीं

मर्ने र मार्ने खेल…………..(गजल)

मर्ने र मार्ने खेलसँगै, टुहुरा भए कति नेपालमा
नवीन सपना सारा, अधुरा भए कति नेपालमा

सिन्दुर पुछिए कयौ, नेपाली नारी मनहरूका
मनका रहर सारा, अपुरा भए कति नेपालमा

सुकिला मुकिला………………(मुक्तक)

वर्षौ पहिले देखिन्थे गाउँगाउँमा सुकिला मुकिला नेता भन्नेहरू
बेला-बेला जुँगा रेखी मोल्थे ती ठुला बडा चुनावका कुरा गर्नेहरू
चुनाव जिती खै कता हराए बिचमा केही वर्षसम्म यी मान्छेहरू
सुन्दैछु फेरि गाउँगाउँ आउदैछन् रे चुनावको बहानामा चिल्ला कुरा ठोक्नेहरू

करन बिवश
धनगढी, कैलाली
रचना मिति :- २०७०-०७-०१ गते धनगढी, कैलाली

फुल्दै थियो………(गजल)

फुल्दै थियो कोपिला यो, बचाउने माली छैन
फूल को नि के अर्थ भो, सजाउने माली छैन

उमङ्गमा मिठो धुन सङ्गै, रम्ने ठुलो धोको थियो
साथमा बासुरी त थियो तर , बजाउने माली छैन

ना-ना थरि बात लगाई, दोष मात्र लगाउने यहाँ
छिनो फानो गरी न्याय, दिलाउने माली छैन

मनमा रहरहरु सङ्गालेर पनि, बाध्यता त उस्तै-उस्तै
चौरासी ब्यन्जनको के अर्थ, खिलाउने माली छैन

अनुरागी कोही भएन, सधैं एक्लो रह्यो बिवश
माया ममता जिन्दगीमा, भिजाउने माली छैन

– ©करन बिवश ।
रचना मिती :- २०६२-०४-२५ गते [बैतडी]