Skip to content

Karan.Biwasha

मेरो प्यारो देश

मेरो प्यारो देश नेपाल
मेचीकली फैलिएको छ …
हिमाल, पहाड, तराई मिली
छरिएको लेक बेशी
आफ्नै रीति तिथि
संस्कृतिमा सजिएको

महामुर्खहरू (मुक्तक)

सायद यस्तै हुन्छ होला देशमा, यहाँ सबै रानी भएपछि
देश हाँक्ने हरेकको नजरमा, कुर्सी मात्रै पवित्र खानी भएपछि
हो साच्चै अब हाम्रो देशको दुर्गति कहिल्यै नरोकिने भयो
यस्तै हुन्छ होला सायद महामुर्खहरू ज्ञानी भएपछि

करन बिवश
धनगढी, कैलाली

काँडामाथिकै यात्रामा (गजल)

काडामाथिकै यात्रामा, हिडाउदै छ जिन्दगी
यादका मिठा प्यालाहरू, पिलाउदै छ जिन्दगी

अन्यौलताकै कुइरोमा, रुमलिएर बाच्नु पर्दा यहाँ
दुई चार बोतलहरू अनायासै, खिलाउदै छ जिन्दगी

के नै गर्लान र ?……………………..(मुक्तक)

के नै गर्लान र ? यी नेताहरु नेपालीका निम्ती पारा पुरानै
के नै गरे र ? घण्टौ पर्खि पानी थप्ने गाउको त्यो धारा पुरानै
चुनावका बेला यस्तो गर्छौ उस्तो गर्छौ जनता लाई आश्वासन मात्र
आफ्नै मात्र भरे भुँडी नेपाली को बेदना अनि आसु को रारा पुरानै…..!!!!

मरी मेटी रहेछन…………… (मुक्तक)

वीर गोर्खालीहरू लडे देशका सीमा किल्लाहरू जोगाउन
आफ्ना सन्ततिलाई देशको वास्तविक रुप रेखा देखाउन
खै त देश प्रति माया अहिले देशका अग्रज हौ भन्नेहरूसँग
उल्टै मरी मेटिरहेछन आपसमा आफ्नै कुर्सी र पद बचाउन