Skip to content

नेपाली पौरख आज…………………..(गजल)


नेपाली पौरख आज, कुन्नि कता लुकेको छ
सगरमाथाको नि आज, मन मुटु दुखेको छ

हत्या हिन्सा अत्याचार, मौलाउदै गएको बेला
बुद्धको देशमा फेरि आज बुद्धत्व छुटेको छ

बर्तमान यो परिवेशमा, देशको यो दुर्गतीले गर्दा
गोर्खालीको शान आज, विश्व सामु झुकेको छ

जोशमा होस गुमाई, माया प्रेम नबुझे रै
भाइ-भाइ लड्दा आपसमा, भातृत्व टुटेको छ

मान्छेमा अहन्कारीपन, तिव्र हावी हुँदै जादा
एकता र मेलमिलाप, कुन्नि कता पुगेको छ

रचना मिति :- २०६९-११-०१ गते धनगढी, कैलाली

– © करन बिवश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *