Skip to content


काडामाथिकै यात्रामा, हिडाउदै छ जिन्दगी
यादका मिठा प्यालाहरू, पिलाउदै छ जिन्दगी

अन्यौलताकै कुइरोमा, रुमलिएर बाच्नु पर्दा यहाँ
दुई चार बोतलहरू अनायासै, खिलाउदै छ जिन्दगी

यो मनुष्य जिन्दगीका, पाना पाना पल्टाउदै आज
एक एक गरी वेदनाहरू, खियाउदै छ जिन्दगी

रित्तिएको जीवन यो, वेदनामय अग्नि ज्वालामा
जलेको मन मुटु त्यसै, भिजाउदै छ जिन्दगी

अजीवको छ मनुष्य जीवन यो, धुजा – धुजा पारी
च्यातिएका हरेक पानाहरू, मिलाउदै छ जिन्दगी

– ©करन बिवश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *