Skip to content


मेरो प्यारो देश नेपाल
मेचीकली फैलिएको छ …
हिमाल, पहाड, तराई मिली
छरिएको लेक बेशी
आफ्नै रीति तिथि
संस्कृतिमा सजिएको

मेरो प्यारो देश नेपाल
कला, साहित्य, पुरातत्व
आफ्नै
किसिम-किसिमका थरी-थरी
संस्कार छन यहाँ
मिलाएर सेता दन्त लहर
पूर्वदेखि पश्चिमसम्म
उत्तरमा हिमाल हाँस्दै छन
छहरा र पहरासँग लडिबुडी गर्दै
डाफे मुनाल रमाइरहेछन
हरेक बस्ती बस्तीमा
मानव यहाँ
रमाइरहेछन …
आफ्नै आफ्नै संस्कारमा
आहा कति राम्रो
सौन्द्र्यले झकी झकाउ
मेरो सुन्दर नगरी
नेपाल
हो सच्चै मेरो प्यारो भूमि नेपाल
सुन्दर आहा कति रमाइलो
मनै हरर

मेरो प्यारो देश नेपाल
मुटुभन्दा नि प्यारो छ
मेरो प्यारो देश नेपाल
अटल रहिरहोश मेरो देश
यौगौ युगसम्म
यही चाहना मेरो … !

2 thoughts on “मेरो प्यारो देश”

  1. मेरो जन्म भुमि रामपुर
    मेरो जन्म भुमि रामपुर दाईजोर
    नेपाल देश रामेछाप जिल्ला दाईजोर गाँउ मेरो ।
    बर्णन गर्ने कसो गरी ठ्याम्मै स्वर्ग जस्तो।।
    वरिपरी बनपाखा खोला नाला साथमा
    दुध जस्तै बग्ने सुनकोशी काखमा ।।
    मन्थली बजार घुमिकन रामेछाप जाउला सुनकोशी माॅ भागी चोखो माया लाउला।।
    दाईजोरको स्वाच्छ हावा खाँदै घुमौला रामेछाप
    बसुन्जेली स्वर्गाभास् गरौला ।।
    उत्तर बीहीबारे हाट दक्षिण सुनकोशी
    पूर्व लीखुखोला पश्चिम तामाकोशी ।।
    यक पटक पुगी हेर्यौ त्यो मन होला कस्तो पक्कै
    महशुस हुने छ है स्वर्ग पुगे जस्तो ।।
    रामेछाप घुम्दै घुम्दै मन्थली पुगौला तामाकोशी माॅ को दर्शन लिइ
    त्रीबेनी घुमौला ।।
    सुनकोशी फाट हुँदै हुँदै
    मेरो घर झरौला कहिल्यै पनि नबीर्सने बाचा
    गरौला ।।

  2. बग्छेउ सुनकोसी नाग वेली झै
    बग्छेउ सुनकोसी नाग वेली झै तराईका फाट
    सम्म ।
    दिन्छेउ मुरस्कान कृषकलाई गरा भरि भई टम्म ।।
    हिम सिखर नै हैना मुहान स साना खोल्सा हुन्

    सुनकोसी नाम लिई बग्दा हर्ष विभोर भई
    रम्दछन् ।।
    ऋतु महिना नछुटाई बग सदा बहार सुनकोसी।
    तिमी नै हौ जिउने साहरा तिमी नै हौ अन्न
    दाता ।।
    दाँया बाँया मोटर बाटो छ तिमी बग्छौ
    विचमा ।
    झुक्कि कहिले कटान नगर राखि आफ्नो सिमा
    ।।
    निरणतर बगीरहने कति लामो छ बाटो ।
    हाँगा विगाँ गराहरुमा रख्छौ मलीलो माटो
    ।।
    कहि खोन्छौ ढुङ्गे साँघु कहि खोज्छेउ पुल ।
    प्रकृतिको निएम हो सुनकोसी हैना तिम्रो
    भुल।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *