Skip to content

kbs

खसी-बोका

खसी, उर्फ कुखुरे बैंश नचढ्दै भेसेक्टोमीको मारमा परेको बाख्रीको अभागी चल्लो, यसपालीको दशैंमा अजिंगरी आँहरुमा हाँ हुने दिन कुर्दैछ। म्याँ गर्न नसिक्दै दशैंमा च्याँ पर्ने भाकलमा साँचोमा च्यापिएर प्याँ प्याँ गर्नु पर्दाको पीडा गरेको कसले बुझ्ने? जन्म-जन्म आजन्म कसैको अभागी पुर्पुरो छ भने खसी हुनेहरुको छ। तर खै! कुखुरीहरुको पीडा खुकुरीहरुलाई थाहा होस् न खसीहरुको पीडा मांसप्यासीहरुलाई।

सिको

  • by

“ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई – एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए।

अल्छी र लापर्वाही मानिसहरू

  • by

यो तीस बर्षको बिचमा कति आए, कति गए । विभागका भवनहरू भत्किए, थपिए । प्रत्येक वर्ष अप्रिल महिनामा हाम्रो अफिसमा नयाँ मान्छेहरू भर्ना हुन्छन् ।

हवाइजहाजको गर्भ भित्र

  • by

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् ।