Skip to content

कुमार सिंखडा

20191012_KumarSimkhada-Lekh

स्वेच्छाको गुलाफलाई केलाएर हेर्दा

डा. सङ्गीता स्वेच्छाको हस्ताक्षरसहितको कथा सङ्ग्रह “गुलाफसँगको प्रेम” हातमा छ । १६४ पृष्ठको यस पुस्तक झट्ट हेर्दा औसतको साइज र आकर्षक आवरणमा छ । यस लेखमा यही कथासङ्ग्रहमाथि छोटो समिक्षा प्रस्तुत गरिएको छ।

HarukiMurakami

उसको शहर र उसका भेडाहरू

  • by

साप्पोरो (उत्तर जापानको महानगर)का सडकमा यो वर्षको पहिलो हिमपात शुरु भएको छ। पानीका थोपाहरू हिउँमा परिणत हुन्छन्, हिउँका साना डल्लाहरू पानीमा। साप्पोरोको सडकमा हिउँ त्यस्तो रोमान्टिक लाग्दैन। भन्न पर्दा यहाँको हिमपात कुलको नाम बिगार्ने नातेदारजस्तै हो।

अक्टोबर २३ तारिख। शुक्रबार।

अप्रिलको एक बिहान शतप्रतिशतकी केटीसँग भएको भेटको बारेमा

  • by

अप्रिलको मौसम सफा भएको एक बिहान, हाराजुकु(१) पछाडिपट्टिको सडकमा मैले शतप्रतिशतकी केटीलाई भेटें।

आन्ना मालिनोभालाई

मलाई थाहा छ, म हुँ फुल्नै लागेको कोपिला
र तिमी नै पो कहाँ फक्रिएकी छ्यौ र ?
अनि हाम्रो प्रेमको अर्को कोपिला,
यो पनि कहाँ फुल्न कहाँ पाएको छ र ?
यी कोपिलै कोपिलाहरू
एक निमेसमै निमोठियो भने पनि
मलाई सन्देह हुने छैन आन्ना,
हामी हरबिहान किरणसँग झुल्दै
नयाँ फूलहरूसँग फक्रिन आउँनेछौं ।

अद्भुत प्रवासी वृक्ष

यो वृक्षमा यौवनहरू फुलिरहेछन्;
ए भाइ, यौवनको फल चाहिएको छ ?
आऊ यो वृक्ष हल्लाऊ
यसमा यौवनका कोपिला फुल्दै
फल फल्न प्रतिक्षारत छ ।
यो अद्भुत वृक्षमा यौवनका फलहरू फल्छन्
यो अद्भुत वृक्षमा बाह्रमासे यौवनका फलहरू फलिरहेछन् ।

नदी, बस्ती, र सम्बन्ध

यो नदीको किनारमा
एउटा बस्ती बसेको छ
यो बस्तीको छेउमा
एउटा नदी बगेको छ
सदियौंदेखि नङ् र मासु जस्तै
यो नदी छ र बस्ती,
यो बस्ती छ र नदी
तिमी र मजस्तै छ
म र तिमीजस्तै छ ।

माघ १९ ‘जयन्ती’को संघारमा

माघ १९ को रात
केही दाउ लिएर आयो
केही घाउ लिएर आयो
अफवाहको प्रवाह लिएर आयो ।

अनिश्चितता र अन्यौलको बिचमा
दृढ कदम त चालेकै हो
दमको कदम चालेकै हो
त्यो बातले हैन मातले चालेको कदम
प्रेममा हैन वासनामा चालेको कदम
स्पष्ट भविष्य नसोची चालेको कदम
आउन त आयो त्यो रात
केही रोमाञ्च लिएर आयो
केही ड्रामा र केही ट्रेजडी बोकेर आयो ।

KumarSimkhada

बलिको पूर्वसन्ध्यामा

“मलाई मेरो शरीर प्यारो छ,”
बलिको पूर्वसन्ध्यामाबिरंगना बर्बराइरहेछ,
“मलाई मेरो हात प्यारो छ
शीर पाउ यो साथ-साथ प्यारो छ
यो धरती आकाश प्यारो छ ।”

“नकाट, ए कसाइहरू हो
ए बालक अबुझ असत्तीहरू हो
त्यसैलाई सुलीमा चढाउँछौ,
जसले तिमी
एक-एकलाई धाराका धारा दिइरह्यो
प्रत्येकलाई ध्वनि दिइरह्यो
एक-एकलाई सुनको फुल दिइरह्यो ।”

कमरेड अभि

  • by

कमरेड अभि र मेरो परिचय लामै हो । तर साह्रै नजिक भनिहाल्न चाहिँ अलि मिल्दैन ।

महिना, गते यकिन भएन, तर बार भने शुक्रबार नै हुनुपर्छ । नत्र म सुटको पहिरनमा कालो ब्याग बोकेर त्यस रेस्टुरेन्टमा पसेको हुने थिइन ।

“ओहो कमरेड, के छ?” ढोकाबाट छिर्ने बित्तिकै उनीले मेरो ध्यान खिचे ।

20111016_KumarSimkhada_Cloning

प्रतिरुपण : स्वतन्त्रता

आकाशमा बादलको छनक एक टुक्रा पनि थिएन । मध्ये भागमा सूर्य झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँका रूखमा ठोक्कियो । तिनै पैयुँका रूखहरूबिचबाट कोइलीको आवाज आयो । बसन्त ऋतुको आगमन भैसकेको थियो ।

Read More »प्रतिरुपण : स्वतन्त्रता