kbs
कतै आउला कि कुनै यस्तो दिन
हिजो एक मित्रकहाँ गएको थिएँ,
एउटा पोको कोठाको कुनामा,
दलिनमा झुण्डिरहेको थियो
ती- अब फेरि आउने जाडो छल्न सुरक्षित राखिएका
सिरक र दोलाईँहरू हुनुपर्छ पक्कै पनि
मलाई लाग्यो-
म पनि झुण्ड्याइदिउँ एउटा ठूलो पोको पारेर
व्यर्थै मलाई चिमोटिरहने यी सपनाहरूलाई,
कतै आउला कि कुनै यस्तो दिन,
जब, फुलाएर तिनै सपना आँखाहरूका फूलबारीमा
हाम्रा छोरा-छोरी र नाति-नातिनाहरू
आनन्दका गीत गाउँदै खेत गोडिरहेका हुनेछन् !
भूपीको सम्झना
“सबै बाटा रोमतर्फ लाग्छन्” भन्ने अंग्रेजीे उखानजस्तै शिक्षाका लागि त्यस बखत नेपालका सबै बाटा वनारसतर्फ लाग्दथे । तिनैमध्ये एउटा बाटो थाक खोला, पोखरा, बुटवल, भैरहवा र सुनौली हुँदै वनारसतर्फ लागेको थियो । त्यही बाटोले एउटा हृष्टपुष्ट थकाली केटोलाई वनारसतर्फ डोर्यायो । उसको नाउँ भुपेन्द्रमान शेरचन थियो । उसमा साहित्यिक प्रतिभाहरू जतिजति प्रस्फुटित हुँदै गए उसका नाउँ पनि परिमार्जन हुँदै गए । उसले नाटक लेख्यो “परिवर्तन” र आफ्नो विचारधारामा प्रगतिशीलता ल्याएअनुरूप नाउँ पनि परिमार्जन गर्यो, भुपेन्द्रमान शेरचन “सर्वहारा”। भूपी शेरचन भन्ने नाम त पछि मात्र रहन गएको हो ।
मुनामदन र बसाइँको कीर्तिमान
पुसको अन्तिमसाता प्रज्ञाभवनमा आयोजित पुस्तक पर््रदर्शनी । शिक्षामन्त्री राधाकृष्ण मैनालीका नजर बरण्डामा सुताइएका कृतिहरूमा टिकेको दृश्य । पुस्तकहरूको भीडमा केही त उनको हातमा परे पनि । चारसय चानचुन रुपियाँ तिर्ने इच्छा पूरा गरे । उनी भन्दै थिए- “फर्ुसदका बेलाँ साहित्यिक किताबहरू पढ्छु नि !” सरकारका पर्ूव सचिव दामोदर ढकालले गएको साल प्रकाशित गरे ‘यात्रा संस्मरण’ । पुस्तक डेढसयप्रति त आफन्त, साथीभाइलाई बाँडेरै सके । हालसम्म कति बिक्री भए, उनलाई अत्तोपत्तो छैन ।
उपन्यासलेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न
साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । यद्यपि सिर्जनागत दृष्टिले उपन्यास विधा जति उर्वर हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
रूप-रसिक कवि कटुवाल
कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान व्यथितको पहलमा कवि कटुवाललाई त्यसै सम्मेलनमा विशिष्ट कवितापाठका निम्ति ‘स्वर्णपदक’ दिइयो ।
नेताको व्यथा
राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैँटोमध्ये लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गजबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैँटे भुँडी भरौँला भन्दाभन्दै आफू रिित्तन्छन् । अर्थात्, यस्ता लोटाको प्रयोग पत्तै नदिई नेताले के जाति धुवाइका लागि गरसिकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन्, हातमै च्याप्छन् । यस्ता लोटामा प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे-भरौटे कर्मचारीदेखि स्वयम् घोषित एवम् पद र पगरी खोसित सांसदसम्म पर्छन् । जल भरनिे घैँटो राजनीति पल्टा खायो भने मल भरनिे बन्छ, जसरी अबिर दलिने नेता कालोमोसो दलिने बन्छन् ।
जिउँदो बाजेको किरिया
हिउँदको महिना । रात कालो र लामो । साँझ खसिरहेको समय । लक्ष्मण कोठामा भित्रिन्छ र मलाई अभिवादन गर्छ । म बस्ने ईशारा गर्छु, कारण, लेखिरहेको छु । केही पङ्क्ति लेखिसके पश्चात् सोध्छु ।
“कहाँबाट आइस् ?” (ऊ मेरो भाइ हो ।)
ऊ उत्तर दिन्छ “घरैबाट” (घर शिवगन्ज हो ।)
“किन यतिबेला आइस् त अलि चाँडै आउनु पर्दैन।” म दाइ भएको अहम् घोल्छु ।
“एउटा खबर लिएर आएको।” ऊ बोल्छ ।
सीताहरु – २३
केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा लागि । चिनेजानेका र सीताहरू पढेका पाठकहरू मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्- होइन- यस्ता असाधारण चरित्रका सीताहरू तपाईं कहाँ पाउनुहुन्छ – म ठट्टा गर्छर्ुुहाम्रो सहर बजारका गल्लीगल्लीमा म सीताहरू भेट्छु । गाउँघरमा पनि धेरै सीताहरू सपनाहरूसँग उमेर साटिरहेका पाएको छु । थुप्रै म्यानपावर कम्पनी, एजेण्डा, दिउँसो चल्ने लजहरूमा पनि म त सीतैसीता देख्छु । “हामी त गीता, रीता, शर्मिला, निर्मला, अञ्जु, मञ्जुहरूमात्र देख्छौँ, भेट्छौँ । तपाईं राम भएर होला जहाँतहाँ सीताहरू मात्र देख्नुहुन्छ ।” हिजो साँझमात्र एक जना साथीले यसो भने ।
सिम्ले साइँलो
यस वर्ष परेको साउने झरीले सातो-दस दिनदेखि काठमाडौँलाई आक्रान्त पारेको थियो । रातदिनको पानी, हिलो र पत्रिकाको कामको चाप सबै मिलेर मनलाई त्यसैत्यसै दिक्दार बनाएका थिए । पत्रिकामा सम्पादकीय टीमबीच एकरात कतै रमाइलोमा बिताउने निधो भयो । म ठमेलको रात्रिजीवनको अनुभव लिने सुरमा थिएँ । तर, सम्पादकले भ्यालीबाहिर कतै जान जोड गरे । मालिक र सम्पादक दुवैका रूपमा हाम्रो सार्वभौमसत्ता उनमा निहित हुने नै भयो, त्यसैले उनको इच्छा बलशाली सावित भयो । साँझ नपर्दै पत्रिकाको गाडीमा हामी नागढुङ्गाबाट बाहिरयिाँै ।
कति दिन पो बित्छ र यस मान्छेसँग ?
मनमा कुनै त्यस्तो युवकको स्पष्ट छाया पनि आइसकेको थिएन। कसैले प्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखेको थिएन। आफ्नो प्रेमी वा पति यस्तैयस्तै होस् भन्ने जस्तो अवधारणा पनि बनिहालेको थिएन। तर त्यसैत्यसै शरीर र मन भने चञ्चल र कस्तो-कस्तो हुन थालेको थियो। छिट्टै रिस उठ्ने वा झ्वाट्टै खुसी हुने जस्तो मनस्थिति बन्न थालेको थियो। फूलहरू मन पर्न थालेको थियो, कहाँकहाँदेखि खोजेर ल्याएर फूल रोप्न थालेकी थिएँ। आमासँग गनगन गर्दै लुगाहरू थप्न थालेकी थिएँ। साथीहरूलाई कर गरेर एक दिन मैले पनि ”ब्युटी पार्लर” पुर्याइमागेँ र अनुहार, कपाल, रौँहरू मिलाइमागेँ। हेर्दाहेर्दै ऐनामा म त अर्कैजस्ती देखिन थालेँ।
विलय
कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने ७यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौं ।’
भैंसी र मान्छे
आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी ।
