Skip to content

विज्ञान कथा

PrabhatSubedi

रहस्यमय जीव (विज्ञान कथा)

ब्रह्माण्ड धेरै ठुलो छ । ब्रह्माण्डभित्र धेरै रहस्यमय कुराहरू लुकेका छन् । ब्रह्माण्ड आफैं एक रहस्य हो ।.यसको अन्त छैन । यो अनन्त छ । ब्रह्माण्डभित्र अनन्त आकाशगंगा अनन्त ग्रहहरू र असीमित ताराहरू छन् तर हामी केवल एउटा ग्रहको बारेमा जान्छौं, जसमा जीवन छ । हो यो पृथ्वी हो । तर अन्य ग्रहहरू पनि छन् जुनमा जीवन हुनसक्छ ।

यो ३०औँं शताब्दी हो । यहाँको प्रविधि एकदम उन्नत छ । यस युगमा व्यक्तिले हातले काम गर्नुपर्दैन । सबै कामहरू तिनीहरूका सहायक रोबोटहरूद्वारा गरिन्छ ।

शूण्य (विज्ञान कथा)

इथरको बुबा ठुलो अन्तरिक्ष वैज्ञानिक भयो । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरि ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । ऊ अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थ्यो । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो, अकस्मात इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग प¥यो, उफ्रिन थाल्यो, चुलबुल हुन थाल्यो । वास्तबमा उसको बुबाले जुन सूचना पठाएको थियो, त्यसको सहायतामा उसको बुबालाई अन्तरिक्षयात्रीहरुले यानबाट लिन आएका थिए र सोहीबेला मोटर दुर्घटनामा सम्पुर्ण शरीर भष्म भएर हो वा के भएर हो उसको बुबाको कुनै अंशको रसायन पनि त्यहाँ बाँकी भएको थिएन ।

sci-fi बुडा

“समय यात्रा, हजुर समय यात्रा, तपाई हलिउड फिल्म हेर्नुभो भने, रोचक विषय…, अँ, तपाईहरू हेर्नुहुन्छ, सोच्नुहुन्छ भने विचित्रै, अचम्मै को कुरो छ यो,” एकतमासले ती बुढा बोलिरहे,”सम्झदाँ म यहाँ पनि छु, र म यही समयका लागि बनेको, म… म नै भएर पनि फरक हुँ,”हिजो” पनि कतै ब्राह्मणमा बाँचेको छ, बुझ्नुहुन्छ,”भोलि” पनि छ कतै, ती प्रत्येक दिन फाइलमा लेखिए जस्तै हामीभन्दा उपल्ला वर्गका अर्का जात, ती मानिस होइनन्, तिनीहरू राख्दछन् ।” केशर लाइब्रेरीको भत्किएको भित्ताहरू हेर्दै बुढा आँखाँ तेर्साउँदैँ मतिर हेर्छन् । म यी बुढा पनि अङग्रेजी फिल्म हेर्दा रैछन् भन्ने सोच्छु ।

ह्याकर

सूर्यको प्रकाश सिधा रुपमा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किएझै देख्दैछु । यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको टि्रगर निकालेर फाल्दिएँ । मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ । मोटर घुम्दा अंकुसे संगसगै टि्रगरमाथिरहेको स्प्रिङ्ग तानीयोस र बन्दुक पड्कियोस् भनेर एउटा पातलो फलामको अंकुसेको एक भाग त्यस सानो मोटरमा र अर्को भाग उक्त टि्रगर माथिरहेको स्प्रिङमा जोडें ।

20111016_KumarSimkhada_Cloning

प्रतिरुपण : स्वतन्त्रता

आकाशमा बादलको छनक एक टुक्रा पनि थिएन । मध्ये भागमा सूर्य झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँका रूखमा ठोक्कियो । तिनै पैयुँका रूखहरूबिचबाट कोइलीको आवाज आयो । बसन्त ऋतुको आगमन भैसकेको थियो ।

Read More »प्रतिरुपण : स्वतन्त्रता

माया नं ६५३

माया आज अलि उद्विग्न थिई। हिजो अफिसमा काम गरिरहँदा उसले एउटा आदेशपत्र पाएकी थिई। पत्र आएको थियो स्वास्थ्य विभागबाट र त्यसमा उसलाई आदेश थियो कि अब आउने सात दिनसम्म ऊ उत्तेजनाको कुनै काम नगरोस्। र आज त उसलाई अस्पताल गई आफ्ना शरिर जँचाउनु पनि थियो। अनि एक सातासम्म अस्पतालमै बसेर आराम पनि लिनु थियो। अनि मार्च १७ तारिख।

सिको

  • by

“ममी? मेरो ममीलाई के भयो?” यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली – “अहँ”। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई – एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए।

अल्छी र लापर्वाही मानिसहरू

  • by

यो तीस बर्षको बिचमा कति आए, कति गए । विभागका भवनहरू भत्किए, थपिए । प्रत्येक वर्ष अप्रिल महिनामा हाम्रो अफिसमा नयाँ मान्छेहरू भर्ना हुन्छन् ।