मेरो शिरको टोपी हमेशा मेरै शिरमा लाउँन पाउँ
सगरमाथा झैं टोपीको देश भनि इतिहास रच्न पाउँ ।।
मेरो देशको कुमारित्व लुट्न र लुटाउन खोजिए
यहि टोपीको सानले उ आउने वाटो छेक्न पाउँ ।।
मेरो संसार मेरो यात्रा अनन्त चन्द्र चुमेको दिन
यहि टोपीको सहाराले आफ्नै संसार हँसाउन पाउँ ।।
मेरो देश मेरो धर्ती सगरमाथाको चुचुरोमा उभिएर
मेरो शिरको टोपीमा मेरै देशको नाम लेख्न पाउँ ।।

देशभक्तिको राम्रो प्रस्तुतिका
देशभक्तिको राम्रो प्रस्तुतिका लागि बधाई छ मित्र ।