होलीको रङ यो मधुर पो बनी जीवन सजाय सरी
आउ मित्र जनहो फूलैफूल सरी हाँसौ न यसै गरी ।।
सुखको सपना सजाउन यहाँ गुरास फुलेकै सरी
बिपना सजाउँ रङै रङ भरी सपना देखे झैं गरी ।।
हाँस्नु नै पनि पवित्र छ यहाँ रंगिन संसार सरी
मित्रता कसिलो बनाउँन यहाँ तारा फुलै झैं गरी ।।
शत्रुता अबलौ हराए छ कहाँ मित्रता फुले सरी
आउँ मित्र बनौं सबै जनहरु आफ्नै भएझै गरी ।।
होलीको मधुर मुस्कान छरेर रङमै खेलौ दिनभरी
आफ्नो यो पनको बिरासत यहाँ आजै सजाय सरी ।।
दुनियाको खुशिलौ बटुलेर यहाँ रमाउँन रङै भरी
मुस्कान सबको रमोस् जगभरी जुनै रमाए सरी ।।
इच्छा शान्त बनोस् पुरै जगभरि पृथ्वीनै हाँसे सरी
सातै रङ फुलेर बसोस् मनभरी होली रमेझै गरी ।।
रङ्गीचङ्गी फूल रमोस मनभरि गुलाब फुले सरी
आज यो घडीमा हँसाउँन सकुँ सबलाई नै यसैगरी ।।
LILA BALLAV NEPAL
