जीवन्त अलौकिक उपहार बोकेर आइदेऊ नयाँ वर्ष
निर्दोष जुनकिरी झैं दिप ज्योति जलाइदेऊ नयाँ वर्ष
तिम्रो स्वर्णिम दीपको प्रतिक्षामा बसिरहेका नेपालीमा
समृद्दिको इतिहास रच्ने मेरो कलम बनिदेऊ नयाँवर्ष
सदियौंदेखिको सपना तिम्रो आगमनसँग शुरु भएको छ
अनन्तमा हराएको मेरो सपना पुरा गरिदेऊ नयाँ वर्ष
आऊ नयाँ वर्ष आऊ यो गरिबको झुपडीमा बास बसिदेऊ
तिम्रै व्यग्र प्रतिक्षामा अपुरो जीवन बाँचिरहेछु नयाँ वर्ष
