Skip to content

om shrestha

वीरेन्द्र थोकलिहाङको नाटकीय सृष्टिमाथि मेरो दृष्टि

.         विषय प्रवेश

मोफसलको साहित्यिक आँगनमा उदाउँदै गर्नुभएका साहित्यकार वीरेन्द्र थोकलिहाङको उत्कृष्ट नाटक संग्रह हो यदि उसको भविष्य बन्छ भने । नाटककार वीरेन्द्र थोकलिहाङ एक उदाउदा सशक्त साहित्यकारका रुपमा  स्थापित व्यक्तित्व हुन् भन्ने कुरा उहाँको साहित्यिक यात्राबाट स्पष्ट हुन्छ। साहित्यकार बिरेनजीले आफ्ना थुप्रै कृतिहरू प्रकाशित गरिसक्नुभएको छ। गुम्सिएको अभिव्यक्ति (उपन्यास २०४८)  घाँडो (कथा संग्रह २०५२) प्यासी ओठ (उपन्यास २०६३) पीडा बोर्डिङ मास्टरको (कविता संग्रह २०६४) युद्धमा मारिएकी लुङा बहिनीको चिठी (कविता संग्रह २०६५) र यदि उसको भविष्य बन्छ भने (नाटक संग्रह २०७६) आदि जस्ता गहकिला साहित्यिक कृति हरु नेपाली साहित्यको भण्डारमा सुम्पिएका छन्।Read More »वीरेन्द्र थोकलिहाङको नाटकीय सृष्टिमाथि मेरो दृष्टि

प्रतिभाको पहिचान

दृश्य १
(एउटा भव्य कोठा, सजावटका विभिन्न सामग्रीहरू, बीचमा भव्य किसिमको बेड अनि त्यसको दायाँ बायाँ कम्प्युटर र पढ्ने टेवल राखिएको छ । टेवलमा फूलदानी अनि केही पाठ्यपुस्तक र केही हिन्दी अङ्ग्रेजी चलचित्रका रङ्गीन पत्रिकाहरू प्रस्टै देखिएका छन् । पढ्न बसेको दीपक कहिले काहीँ मात्र पाठ्यपुस्तक हेरेजस्तो गर्छ । बढी ऊ रङ्गीन पत्रिकामा नै रमाइरहेको हुन्छ ।)
दीपक : (अँध्यारो मुख लगाउँदै पाठ्यपुस्तक समाएर) बाबा मम्मीको लागि यो पढ्नु पर्ने…. पढ्न मन लागे त हो नि …. (नाक खुम्च्याउँदै) मनै नलागेपछि पढेको कुरा कसरी दिमागमा जाओस्…. ।

मङ्गलेको भाग्य

मङ्गले धनमाथिको राती गेडी भनेझैँ थियो । अँझ भुँइमा राखे कमिलाले टोक्छ, काखमा राखे जुम्राले टोक्छ भनेजस्तै पनि थियो मङ्गले उनको बाबुआमाको लागि । सानो र सम्पन्न परिवार थियो उसको । बाबु गाउँमा नै व्यापार गरेर बसेका थिए । मिजासिलो स्वभावका कारण उनको व्यापार निकै फस्टाएको थियो । आमा भने घरकै काम गर्थिन् ।

मङ्गले भरखर कक्षा ५मा पढ्न थालेको थियो । बाबुआमाको प्रशस्त माया पाएर मख्ख थियो । स्कुलको गेटसम्म आमाले उनलाई सधैँ नपुर्याई नहुने । मायाको मात्र होइन मङ्गलेलाई कुनै पनि सामानको कमी हुन दिएका थिएनन् उनका बाबुआमाले ।

OmShrestha

मुना र गहना

त्यति धेरै पहिलेको कुरो पनि होइन । नेपालको पूर्वी पहाडी भेगमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा विपन्न परिवारहरूको बस्ती बाक्लो थियो । विपन्न परिवारहरूमध्ये एउटा चाहिँ निकै सम्पन्न परिवार थियो ।

त्यस परिवारमा तीन जना सदस्य थिए । बाबु विदेश गएका थिए । विदेशमा उनको राम्रै कमाइ थियो भनेको सुनिन्थ्यो । उनकै कमाइले गर्दा परिवारको आर्थिक अवस्था सुदृढ हुँदै गएको थियो ।