प्रभा भट्टराई
सबै बराबर
रक्षा स्कुल जाँदै थिइन्, अचानक बाटोमा अगाडिको ढुङ्गामा ठेस लागेर लडिन् । मनले कड्केर आँखालाई गाली गर्यो- “धत् आँखा ! राम्ररी हेरिदिनु पर्दैन ? हेर बिचरी रक्षा कसरी लडिन् ।”
आँखाले पनि आँखा मर्काउँदै मनलाई उल्टै हपार्यो- “मैले त परबाट आइरहेको साँढेलाई देखेर त्यसबाट कसरी जोगाउने….भनेर वरपर हेर्दै पो थिएँ त! तिमीले नजिकमा पनि खतरा हुनसक्छ भनेर सम्झाउनु पर्दैन ?”
