Skip to content

माधवप्रसाद उपाध्याय 'सयपत्री'

पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा

सुनसरी जन्मथलो भई रामेछापलाई कर्मथलो बनाएर बसेका साहित्यकार पेशल आचार्य बालसाहित्यमा एउटा परिचित नाम हो । एउटा साधु तपस्यामा लीन भएझैँ पेशल पनि दुई दशकदेखि साहित्यमा तपस्यारत छन् । नेपाली साहित्य अध्ययनमा राम्रो दख्खल भएका उनी मोफसलीय साहित्यलाई नेपाली साहित्यको मूलधारमा प्रवेश गराउन यात्रारत छन् ।

मोहभङ्ग

मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ ।’ युद्धरत पार्टीको समर्थक भएपनि ऊ छापामार बनेको थिएन । केही समय विश्वासपात्र भएर पार्टीका गोप्य कागजपत्र र चिठी सम्बन्धित ठाउँसम्म पुर्यायो । एक्कासि उसलाई रोगले गाँज्यो । छापामार बन्न सकेन । छापामार बन्न नसक्नुकोपश्चातापले उसलाई खङ्गार्दै थियो । माओ, क्यास्त्रो, चे ग्वेभारा, गोञ्जालो आदिका आत्मसंस्मरण पढ्दा उसलाई युद्धभन्दा उत्तम बाटो अरू छैनजस्तो लागेको थियो । सोच्थ्यो, ‘देश र जनताको लागि मर्न पाएको भए मेरो पनि सालिक बन्थ्यो होला ।’

नाङ्गो सहर र नाङ्गा मान्छेहरू

  • by

यो सहर नाङ्गो छ । मान्छेहरू नाङ्गा छन् । वातावरण नाङ्गो छ । परिस्थिति नाङ्गो छ । मान्छेहरू नाङ्गो हुनुमा र नाङ्गै हिँड्नुमा गर्व गर्छन् । आफ्नो घरमा नाङ्गिनु, कोठामा नाङ्गिनु, ट्वाइलेट र बाथरुममा नाङ्गिनु, सहवासमा श्रीमान्-श्रीमती नाङ्गिनु, अनकन्टार जलकुण्डमा पौडिखेल्दा नाङ्गिनु, सानासाना नानीहरू नाङ्गिनु कुनै नौलो विषय होइन श्रीमान् । यहाँ त दिनदहाडै सहर नाङ्गै उभिएको छ । के हामी नग्न सहरको गुप्त अङ्ग हेर्ने नानीहरूका आमा हौँ श्रीमान ?

फुच्चे घर छाड्दैन

  • by

व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो ।

व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँलाई विद्यालयको काममा बरोबर सदरमुकाम र अन्य ठाउँमा गइरहनु पथ्र्यो । त्यसैले उनीहरूका आमा एक्लै पर्नुहुन्थ्यो घरमा कहिलकाहीँ । त्यही फुच्चे बिरालो मात्र अनुरागकी आमाको साथी हुन्थ्यो ।

तार्किक निष्कर्ष

  • by

भगतसिं दोस्रो पटक गाउँमा आयो बीस वर्षपछि ऊ पहिलो पटक गाउँ भएको थियो । त्यो चोटि भरियासहित आएको थियो । भरियाका पिठ्यूँमा जनतालाईं बाँड्ने चामल होइन, कागजका ठेली थिए । कागजका पन्नामा महफ्वपूर्ण कुरा लेखिएको थियो । साथमा दुईंचार जना अरू ठालुहरू पनि थिए ।

वर्णहरूको झगडा

  • by

एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने बाध्यता थियो । कुकुर र बिरालाजस्ता एकछिन नमिल्ने तर सँगै बस्नुपर्ने । सँगै बस्दा लात्ती त लाग्छ नै । लात्ती त के मन नपरेकाको सास पनि गनाउँछ भनेझैँ तिनीहरू एकअर्कालाई आफूबाट टाढा राख्न खोज्थे । चाहेर मात्र के हुन्थ्यो र ? तिनीहरूको त लगनगाँठो नै कसिएको थियो । त्यसले छुट्टनिै दिँदैनथ्यो । सधैँ झगडा गरेर एकै ठाउँ बस्नुभन्दा छुट्टनिु बेस ठानी तिनीहरू तर्क गर्न लागे ।

‘बधाई छ दीपमाला !’

  • by

किनकिन डी.बी. सरलाई महिला चालक भएको टेम्पु चढ्न मान लाग्छ । डीबी अर्थात् दिलबहादुर धामी सर ।

दिलबहादुर धामी सरको घर नेपालको पश्चिमी जिल्ला दार्चुला हो । जागिर खाने सिलसिलामा उनी रामेछाप पुगे । धेरै वर्ष रामेछाप उनको लागि उर्वरभूमि बन्यो । शिक्षकहरूको नामी सङ्गठनको जिल्ला अध्यक्ष जस्तो पदमा पुगे । धामी सर सबैका वाहवाह र प्रशंसाका पात्र बने । करिब १२/१५ वर्ष अस्थायी/स्थायी सेवा गरी आफू निकट राजनीतिक पार्टीको हातमा शिक्षा मन्त्रालय परेकै बेलामा दिलबहादुर सरले राम्रो ‘छलाङ’ मारे । छलाङ् त त्यस्तो पो छलाङ् । अरूका त कुराको मात्र छलाङ् । भ्यागुते छलाङ् ।

मखमलीका राजाहरू

मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो ।