Skip to content

वसन्त कुमार गौतम

BasantaKumarGautam

एउटा यात्रामा

“यस्तो ‘होपलेस्’ देशमा म बस्दै-बस्दिँन!”
“यस्तो ‘होपलेस्’ देश म फर्कँदै-फर्कन्न!”
देशसँग फन्केर हिँडेको छ छोरो
छोराले ‘होपलेस्’ भनेको देश कुर्नु छ-
‘होपलेस् देश’ को ‘होपलेस्’ गाऊँ कुर्नु छ
छोरालाई अमेरिका उडाएर फर्केका छन् बा-आमा,
चम्किइरहेको छ नयाँ रातो कुर्था-सुरुवाल
तर आँखामा सन्ताप बनेर ओर्लिएको छ

कुँडो

  • by

“ए, ढिलो पो भइसकेछ!”

घडी हेर्दै झोला बोकेर ‘मे दौडियो। नियमित साप्ताहिक घटना भएकाले ल्याबका जापानी केटाहरूले खासै ध्यान दिएनन्।

‘तिम्रो ठेगाना’- एउटा अधूरो गजल दुई रुपमा

कुरो चाहिँ मेरो छोटो गजल-लेखन यात्रा बाट हो। नेपालमा दोश्रो जन-आन्दोलन सकिएको केहि महिनापछिको समय थियो। त्यतिखेरको वातावरणमा तीन शेर फुरे। अलिक निराशावादी लागे यी र समयलाई ‘न्याय’ दिन भनेर एउटा सकारात्मक संस्करण पनि तयार पारें। यहि स्वरुपमा दुबैलाई साझाको गजलको धागोमा राखें। कुनैदिन दुबैलाई पूरा गरौंला/सपारौंला भन्ने थियो तर बिस्तारै मन मर्दै गयो। अब यतिखेर आएर पूरा गर्न खोज्दा त झन् त्यो समयको मनोदशा माथि घोर अन्याय हुने पक्का छ।

जनपार्टी, जनकमरेड, जनसिण्डिकेट

कमरेडहरुको टोलमा हानाहान भयो। उसो त कमरेडहरु भएको ठाऊँमा ठोकाठोक-हानाहान नहुने कुरो पनि भएन। कमरेडहरुले सत्ता हान्नैका लागि यत्रो क्रान्ति गर्नुभएको हो, आधाजति त हानिपनि सक्नुभयो। पूरै सत्ता अझै हानिसक्नुभएकै छैन कमरेडहरुले, त्यसैले हानाहानको अभ्यास जारी राख्नै प-यो। जनवाद भनेकै हानवाद हो वास्तवमा, त्यसैले कमरेडहरुलाई ‘हानवादी’ भनेपनि खासै फरक पर्दैन।

एउटा सुन्दर यात्रा

“ल म हिँडे बूढो! ढोका लगाउन आउनु त छोरी ले’र। हिँड्ने बेलाँ छोरीलाई चुप्प गर्नु परो।“
“पर्दैन, छोरीलाई थाहा नदी’कन जाउ। बेकाराँ रुन्छे एकछिन।“ तर आमा हिँड्न आँटेको थाहा पाएर छोरी ढोकैमा पुगिसकेछे।
“ल छोरी, बाइ-बाइ गर मामुलाई!” म छोरी बोकेर उभिएँ। छोरी हात हल्लाउँदै रुन थाली सधैंजस्तै।

घाम ओर्लिएको छ सडकमा

“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई।
“उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“
“आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।
“बदमाश बिदाको दिनचाहिँ पाँचै बजे उठेर दौडिन थाल्छे, अहिलेचाहिँ हेर न!” उनी छोरीतिर मायालु दृष्टि दौडाउँछिन्।
हामी खाजा खान थाल्छौं।

बाँसको पैसा

“नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म—- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस—!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ—-“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।

दौरा सुरुवाल कोट

  • by

पटक पटक आफैंलाई
लिलाम बढाबढमा राखेर कमाएको
मूल्यसूचि छातीभरि टाँगेर
भत्ताको हड्डी चुस्दै
आजपनि भुक्न निस्केको छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,