Skip to content

सप्ताहान्तको साँझ


सप्ताहान्तको साँझ
एक्लै आउँछ,
गुलुपबाट मधुरो पहेँलो उदासी निकाल्छ
र मेरो अनुहारमा पोतिदिन्छ,
ऊ मलाई गिजोल्छ, चिथोर्छ र निचोर्छ
अनि एक्लोपनाका अनगिन्ती माउसुलीहरू बनेर
रातभर मेरा भित्ताहरूमा घस्रिरहन्छ,
सप्ताहान्तको साँझ
एक्लै आउँछ।

(असोज ६, २०५७; पोखरा)

http://www.basantagautam.com/2009/07/blog-post.html#comments

1 thought on “सप्ताहान्तको साँझ”

  1. बसन्त जी , छोटो ,मीठो ।
    बसन्त जी , छोटो ,मीठो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *