Skip to content

कृष्णराज सर्वहारी

मुक्त कमैया बस्तीमा भगवान्

  • by

कमैया वस्तीको पूर्वपट्ट िटहटह जूनमा एक किसान हलो जोतिरहेको थियो । भगवान्को दृष्टि ती किसानमाथि पर्‍यो ।

बुधवा बन्यो बाल साहित्यकार

  • by

बुधवा सानैदेखि पढाइमा तेज थियो । स-साना कुरा पनि उसले निकै समयसम्म भुल्दैनथ्यो । उसको तीक्ष्ण बुद्धिका कारण थारू समुदायमा बस्ने उसका किसान बा आमा अौधी खुसी थिए । बुधवाको बाले आफ्ना श्रीमतीसँग भन्थे- हाम्रो पालामा ‘हलो, कोदालो चलाउँदै जुनी बित्यो । त्यसैले, पढ्ने वातावरण नै भएन, यो छोरालाई भने धेरै पढाउनु पर्छ है बुधेकी आमा ।’

आञ्चलिक कथाको स्वाद

  • by

लेखनको लामो समयको अन्तरालपछि खोटाङका कथाकार हिराधन राईको जन्मियो ‘खोलीबुङ’ कथा सङ्ग्रह । कथा सङ्ग्रहले खासगरी पूर्वी भेगको आञ्चलिक कथाको उत्कृष्ट स्वाद पस्किएको छ ।

ओ पत्रकारज्यू !

सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) ।

ओ पत्रकारज्यू पत्रकारज्यू ।

घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर ढोकाबाट चियाउँछु र हाई काढ्दै भन्छु- के भो घरबेटी बा ?