Skip to content

अज्ञात पाल्पाली

त्यो रात बेकार हो

  • by

कालो धन्दा चलाउने त्यो रात बेकार हो
हृदय नै जलाउने त्यो बात बेकार हो

दु:ख पर्दा सबैले दिनुपर्छ हात तर
खाल्डोतिर डोर्याउने त्यो हात बेकार हो

तिम्रो त्यो ओठहरूमा हाँसो छरिदिन्छु

तिम्रो त्यो ओठहरूमा हाँसो छरिदिन्छु म त
खाली त्यो सिउँदोमा सिन्दुर भरिदिन्छु म त

भोलिको के थाहा छ र को कसको हुन्छ भनी
पर्छ भनी मैले तिम्रो सेवा गरिदिन्छु म त

सँगै मर्न पाए हुन्थ्यो

  • by

जन्म बेग्लै भए पनि सँगै मर्न पाए हुन्थ्यो
यो मनका सबै ईच्छा पुरा गर्न पाए हुन्थ्यो

जहिले नि तिमीलाई भेटुँ भेटुँ जस्तो लाग्छ
टाढा भयो हाम्रो बास बस्ती सर्न पाए हुन्थ्यो

त्यो रात को कुरा नगरौं

  • by

हावा बिना हल्लिने त्यो पातको कुरा नगरौं
ठुलो सानो भनिने त्यो जातको कुरा नगरौं

मान्छे उस्तै आत्मा उस्तै फरक छैन हामीमा
पेट भर्न खाईने त्यो भातको कुरा नगरौं

फूल कहाँ फक्रिन्छ र भुँई झरिसकेपछि

  • by

फूल कहाँ फक्रिन्छ र भुँई झरिसकेपछि
माया कहाँ रहन्छ र मनै मरिसकेपछि

सपनाको महल त ब्युँझिदा नै भत्की जान्छ
अब के बाँकी भो बदनाम गरिसकेपछि