फूल कहाँ फक्रिन्छ र भुँई झरिसकेपछि
माया कहाँ रहन्छ र मनै मरिसकेपछि
सपनाको महल त ब्युँझिदा नै भत्की जान्छ
अब के बाँकी भो बदनाम गरिसकेपछि
जिन्दगीको गोरेटोमा शिकारी झै आयौ तिमी
उम्किन गाह्रो रैछ जालमा परिसकेपछि
आँधी हुरी नछेके नि बिपत्तीमा साथी हुन्थ्यौ
गूँड मात्रै बाँकी भयो बास सरिसकेपछि
लामो यात्रा गर्दा खेरी कतै भेल कतै बाँडी
तिम्रो के काम अब जंघार तरिसकेपछि
तपाँईंको साहित्यिक यात्राको साथी (अज्ञात पाल्पाली )
