जन्म बेग्लै भए पनि सँगै मर्न पाए हुन्थ्यो
यो मनका सबै ईच्छा पुरा गर्न पाए हुन्थ्यो
जहिले नि तिमीलाई भेटुँ भेटुँ जस्तो लाग्छ
टाढा भयो हाम्रो बास बस्ती सर्न पाए हुन्थ्यो
एकै ईच्छा एकै चाहा बनाएर जिउला नि
जिन्दगीको जंघार नि सँगै तर्न पाए हुन्थ्यो
सबैले भन्ने गर्छन फूल हो रे यो जिन्दगी
फूल जस्तै फुली फेरि सँगै झर्न पाए हुन्थ्यो
एक जूनी मात्रै किन सयौं जूनी साथ दिंदै
तिम्रो त्यो मुहारभरि खुशी छर्न पाए हुन्थ्यो
अज्ञात पाल्पाली
