Skip to content

कसलाई माया गरूँ


कसलाई माया गरूँ भनी सोच्दैछु आज
एउटा राम्रो साथी मैले खोज्दैछु आज

यति ठुलो संसारमा अरबौं छन् मान्छे
त्यही भीडबाट मनपर्ने रोज्दैछु आज

भन्छन् जिन्दगी यो बाह्रमासे फूल हो रे
त्यसै गरी फुल्ने एक फूल रोप्दैछु आज

आफ्नोभन्दा धेरै माया कसैको लाग्न थाल्यो
उसकै माया मनभरि नै बोक्दैछु आज

सम्झिदै आँशुहरू टलबलाए गहभरि
बग्न खोज्ने आँशुहरूलाई रोक्दैछु आज

अज्ञात पाल्पाली

1 thought on “कसलाई माया गरूँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *