Skip to content

तिम्रो त्यो ओठहरूमा हाँसो छरिदिन्छु


तिम्रो त्यो ओठहरूमा हाँसो छरिदिन्छु म त
खाली त्यो सिउँदोमा सिन्दुर भरिदिन्छु म त

भोलिको के थाहा छ र को कसको हुन्छ भनी
पर्छ भनी मैले तिम्रो सेवा गरिदिन्छु म त

आनाकानी गर्छु किन नबोलेर सधैं तिमी
यदि हुन्छ भने तिम्रै भर परिदिन्छु म त

दुई मन मिल्छ भने अरुको के लाग्छ यहाँ
तिम्रै घर छेउ-छाउ बास सारिदिन्छु म त

सपनीमा तिमी देख्छु सधैं तिम्रै बारे सोच्छु
साँच्चै साथ दिन्नौ भने आजै मरिदिन्छु म त

अज्ञात पाल्पाली

1 thought on “तिम्रो त्यो ओठहरूमा हाँसो छरिदिन्छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *