कालो धन्दा चलाउने त्यो रात बेकार हो
हृदय नै जलाउने त्यो बात बेकार हो
दु:ख पर्दा सबैले दिनुपर्छ हात तर
खाल्डोतिर डोर्याउने त्यो हात बेकार हो
हल्लिनै पर्छ पर्न हावा चलेपछि पात
हावाबिना नै हल्लिने त्यो पात बेकार हो
नून उस्तै सुन उस्तै फरक छैन कतै
सानो ठुलो जनाउने त्यो जात बेकार हो
अजम्बरी छैन कोही नियति नै यस्तै छ
मृत्युसम्म पुर्याउने त्यो घात बेकार हो
अज्ञात पाल्पाली
