पुस महिना । काठमाडौँ जाडोमा पहारिलो घाम तापेर बस्नु पनि आनन्दै हुन्छ । दिउँसोको १ बजेको छ । यत्तिकैमा बाहिर गाडीको हर्न बज्न थाल्छ । बा १ ज ४८७७ नं. को मारुती जिप लिएर कुशल चालक गोविन्दप्रसाद रिमाल आइसकेका छन् साथमा सहयात्री शाखा अधिकृत हरिहर पौडेल र ना.सु. तेजप्रसाद पौडेललाई लिएर ।