चरा, मुसालाई तर्साउन खेतबारीमा खडा गरिन्छ बुख्याँचा
जीर्ण वस्त्र, टालाटुली लठ्ठीमा सजाइन्छ बुख्याँचा
समयअनुसार स्वरुप र व्याख्या फेरिएर होला
तीन करोडलाई तर्साउन जीवित छसय एकको भवनमा सजिन्छ बुख्याँचा
मध्यरात
भनिन्छ भगवान् कृष्णको जन्म समय मध्यरात हो
साल, महिना, गते, बार फेरिने समय पनि मध्यरात हो
अघि पछि जनताको काम गर्दा फुर्सद कहाँ हुन्छ र ?
सभासद्हरुले संविधान संशोधन गर्ने समय पनि मध्यरात हो
युवामञ्च २०६८ पुस
