Skip to content

तीर्थ (यात्री) पौडेल

शुभकामना

  • by

पुरा होउन् तिम्रा इच्छा लक्ष्यहरुले शिखर चुमुन
शत्रुहरू हटून सबै मित्रहरूले हरपल झुमून्
 
दिर्घायुको कामना छ सुस्यास्थ्यको आराधना
सुभावना जागून सबै कुभावना पाखा लागून्
 

दशैं

यसपाली पनि दशैंमा मेरो खाली भो निधार
सम्झेर पनि सकिन आउन पारी छु समुद्र
टिकाको दिन थालीमा टिका बाटामा नजर
जमरा पनि जाने नै भयो सबै नै वैलेर
 
सम्झेर आमा आउँछ भनी पकाई ब्यंजन

बन्धकीमा हाँसेको छु

बिरानो यो मुलुकमा बन्धकीमा हाँसेको छु
हाँसो खुसी आँसु पीडा लिलाममा राखेको छु ,
 
फर्की आउँछु उकासेर थैलो साहुलाई बुझाइकन
सकेसम्म लिलाम पनि निफन्ने सोच राखेको छु ,
 

खाडीको कथा

  • by

पैसा टिप्न पाइन्छ भन्दै खाडितिर आ’का
बाकस पसी घर पुगे पल्लाघरे काका
कहाँ फल्नु पैसा रुखमा बालुवाको देशमा
हेर साथी साग सिस्नु खानु खोले बसी आफ्नै देशमा

मझेरीको बास सधैभरि पाई रहूँ

मझेरीको बास हजूर सधैभरि पाई रहूँ
रहेसम्म जीबन यो मझेरीमा छाई रहूँ ,

गजलको खेती लगाईं फुलाई फलाई बड़ाउनलाई
फेरी बीऊ थनक्याउनलाई मझेरीमै सुकाई रहूँ ,

दुखीको कर्म

  • by

दुखीको कर्म लिएर आइयो बिछोडमा परियो
अभागी रैछ दुखीया जीबन आसुमा डुबियो,
घरमा बसै साहुले आई सताउछ रातो दिन
बेचैनी मन के गरे बहन रोइरहन्छ छिनको छिन।

हाम्रो नेपालमा

  • by

सच्चा कमाई कस्ले गर्यो राजनीतिको आहालमा
साना माछा भए जनता नयाँ हाम्रो नेपालमा

सीताहरूको हरण गरी रामहरूलाई बनबासतिर
उद्त छन कैकेयी र रावण यो नेपालमा

बुबाको मुख हेर्ने दिन

दूरको छोरो आएन भनी बिस्मात नगर्नु
भावीको लेखा के गर्नु बुबा बलाप नगर्नु
दुई चार बर्स बिदेसी माटो भिजाई खुनले
म फर्की आउछु स्वदेस सम्झी हजुरको गुनले

मान्छे किन इज्जतलाई

  • by

मान्छे किन इज्जतलाई पैसासँग साटन खोज्छन
आफ्नो बिरोध गर्नेलाई सधैं सधैं काट्न खोज्छन्

म नै ठुलो पैसावाल बलबान म भनी
सोझा सीधा निर्मुखालाई आफ्नो बसमा राख्न खोज्छन्

लेख्नु पर्छ गजल

  • by

अहंकरले मान्छे फुल्या’ लेख्नु पर्छ गजल
मित्रतामा सुल हुल्या’ लेख्नु पर्छ गजल

एकालकाँटे मान्छेले कहिले चुम्यो सगरमाथा
घमण्डले सान चुल्या’ लेख्नु पर्छ गजल

जिन्दगी यो के बाँच्नु खै

  • by

जिन्दगी यो के बाँच्नु खै सधैं सून्य हात लाग्छ
जति प्रयास गरे पनि असफलताकै खात लाग्छ

मुटुभित्र चोखो माया संगालेथें उनकै लागि
डाकी उनलाई भनौं भने अनायासै बात लाग्छ

एउटा बत्ती जलाएर आएँ

  • by

देउरालीमा फूलपाती चडाएर आएँ
तिम्रो नाममा एउटा बत्ती जलाएर आएँ

सफल रहोस तिम्रो जीबन पूरा हुन कामना ती
स्वस्ति सान्ति मंत्र जप गराएर आएँ

मात लाग्ला जस्तो हुन्छ

  • by

छेउमा आई बसै भने मात लाग्ला जस्तो हुन्छ
टाडा कतै जाऊ भने घात लाग्ला जस्तो हुन्छ

नजर नै नसालू छन नसा पीए बराबरका
अंगालोमा बेरू भने बात लाग्ला जस्तो हुन्छ