Skip to content

तीर्थ (यात्री) पौडेल

म जँड्याहाकी स्वास्नी

बर्षौं पहिले यस घरमा सुन्दर सपना लिएर भित्रिएकी
उच्च सम्मानमा जिउने चाहनामा सजिएकी
रहरहरूको सुन्दर भबिष्यमा
एक आदर्श पत्नी, आमा, बुहारी भएर जिउने मेरो सपना

गास्यौ माया प्रित

गीति कविता तिर्थ (यात्री)पौडेल
चौतारीमा नबसेको धेरै भयो सानु सित
एकै छिन आउन बसै गास्यौ माया प्रित
तिम्रो मात्र झझल्को सताउछ घरि घरि
मृदु मुस्कान कोकिल कण्ठ सुन्छु वरिपरी ,

मेची अनि कालीपारी तर्यौ अरे

पाक्क पुक्क मार मुग्रीमा यसपाली नि पर्यौ अरे
पहिले भन्दा अँझ ठुलो बिद्रोह पो गर्यौ अरे

नचाहिंदो कुरा झिकी किन राडाको मचाउनु
समजको नजरमा तुच्छ ब्याहार गर्यौ अरे

बज्यो बाँसुरी

वल्लो डांडा पल्लो डांडा बज्यो बाँसुरी
छम छम नाचन मेरी मारुनी
फरिया र चौबन्दीमा सजिएर आज
नाची देऊ न मारुनी आँगनको माझ
लाखै लाख कमाउदै छन् हाम्रो नामबाट
किर्ते काइते गर्नेलाई खेद्यौ गाउँबाट ,

आमालाई चिठ्ठी

हे मेरी आमा नरुनु होला नयन झारेर
काखको छोरो परदेश जाँदा भक्कानो पारेर
दुई छाक खान एकसरो लाउन मुस्किल भयो नि
दशैंमा लिएको साहुको ऋण बढेर गयो नि

असल मित्र

असल आलोचक सच्चा मित्र ठान्नु म त हेर
भाग्य आफै बनाउने हो लेखक बस्छ कहाँनेर

सत्य जहिले तितो हुन्छ अर्ति बिष बन्छ
आकंक्षा महत्याकंक्षामा बदलियो भनेचाहिं जान्छ खेर

दिलमा मलाई बसालेर

देखावटी कुरा गर्छौ दिलमा मलाई बसालेर
के पाउँछौ भन सानु खाली मलाई पखालेर

अस्ति मात्र भेट हुँदा चौतारीमा दुई मुटु
साटासाट गर्या भुल्यौ मनमा केही नराखेर

मन केले बुझाउने

  • by

फरिया र चौबन्दीले कति सुहाउने
बन पाखामा गीत गाउँदा मनै रमाउने
सुसेलाले बोलाउने कति राम्रो बानी
एकान्तमा हुने गर्थे मिठा कुरा कानी
सोरठी त्यो भाकाले लट्ठ बनाउने
सानु मेरो मन केले बुझाउने

तिमी अझै डोली भन्छौ

डोली प्रथा हराई सक्यो तिमी अझै डोली भन्छौ
सुइकुच्चा ठोकु भन्दा तिमी आफैं भोलि भन्छौ

देउरालीलाई साक्षी राखी सिन्दुर पोते लाऊँ भन्दा
समाजको बिडम्बना हुन्न आँगन नपोली भन्छौ

यतै डेरा सर सानु

मेरो कुरा सुन अब यतै डेरा सर सानु
कति मैले त्यता धाउनु केही त बिचार गर सानु

संगै बाच्ने संगै मर्ने बाचा कसम खाएपछि
सुमसान जीवन बाँचेको छु आइ खुशी भर सानु

लागे लाखा पाखा मेरा घरका आज

  • by

बोलाउदा हिजो साझ परिबारका माझ
सबै लागे लाखा पाखा मेरा घरका आज

भेटू भनी एकान्तमा हजुरलाई सम्झी
गोधुलिलाई बिदा गरी पूणिमाका राज

कुरी बसें चौतारीमा

  • by

कुरी बसें चौतारीमा तिमी आउने बाटो हेरी
निदाउने मन थियो अंगालोमा तिमीलाई बेरी
केशराशी कोरी बाटी सिउरेर जुही जाई
अप्सरानै है कि भनी हेरिरहें तिमीलाई