मझेरीको बास हजूर सधैभरि पाई रहूँ
रहेसम्म जीबन यो मझेरीमा छाई रहूँ ,
गजलको खेती लगाईं फुलाई फलाई बड़ाउनलाई
फेरी बीऊ थनक्याउनलाई मझेरीमै सुकाई रहूँ ,
मझेरीमा न्यानो सुकुल ओछ्याएर थकान मेट्न
सबैसँग भेट घाट गर्न मझेरीमै आई रहूँ ,
मझेरीमा गजलको सुन्दर बाग बनाउनलाई
गजलका पारखीको साथ सधै पाई रहूँ ,
लखनपुर ३ झापा ,नेपाल
हाल बहराइन ,

तीर्थजी,
तपाईंको भावनाको
तीर्थजी,
तपाईंको भावनाको लागि धन्यवाद छ। आशा छ आगामी दिनहरूमा पनि सकृय सहभागिताका साथ तपाईं आफू, अन्य लेखकहरू र मझेरीका पाठकहरूलाई साहित्यिक भावनाहरू र मनोरञ्जन दिइरहनुहुनेछ।
–कुमार