Skip to content

तीर्थ (यात्री) पौडेल

सपनी मै बर्बराउछु

  • by

तिम्रो यादमा किन किन सपनी मै बर्बराउछु
कहाँ गयौ मेरी भनी सपनी मै बोलाउछु

नछामेको धेरै भयो ममताले तिम्रो हात
आउँदै छौ कि तिमी भनी बिपनी मै टोलाउँछु

प्यारीलाई चिठ्ठी

  • by

हाँसेको देख्छु सपनी जहिले बिरामी पर्यौ कि
सम्झेर मलाई आँसुको धारा गालामा झर्यौ कि
म पनि यहाँ सम्झेर तिमीलाई रातोदिन गन्दैछु
कहिले भेटी अंगालो हालुँ मनमनै भन्दै छु

चौतारीको खोजीमा छु

  • by

मनको भारी बिसाउने चौतारीको खोजीमा छु
दु:ख कष्ट बाँड़ी बाँच्ने दौंतरीको खोजीमा छु

काम नगरी बसी खान पाइने पनि छ रे कतै
त्यस्तै मलाई जुराइदिने औतारीको खोजीमा छु

कहाँ कहाँ खोजे तिमीलाई

  • by

कहाँ कहाँ खोजे तिमीलाई फोटो बोकी हिडें
बगैचाका फूलहरूलाई तिमी छौ कि सोधें
लजाएर फूलले भन्यो पिरतीको कथा
साटा साट घन्टौं गर्यौ मनका सारा ब्याथा

एकलाशमा टोलाएर

  • by

कति सारो रोयौ तिमी एकलाशमा टोलाएर
काख न्यानो छामी बस्यौ साथमा मलाई बोलाएर

के के सोच्यौ मनभरि बियोगको बर्षा झारी
सँगै बस्छु भन्थे सधैं तिमीलाई खाटमा खेलाएर

आखा ताना-तानमा

  • by

जीवन हाम्रो बाँचेको मिस कल हाना-हानमा
कहिले भेटने बात गर्ने आखा ताना-तानमा

उनी उता गैरी खेतमा म चाहिं परदेशमा
एल्बम खोली हर साँझ फोटा छाना-छानमा

पारिजात हौ कि तिमी

  • by

पारिजात हौ कि तिमी जाई जुई सुनाखरी
चन्द्रमुखी हौ कि तिमी पूर्णिमाको चन्द्र सरी ,

केश कोरी आऊ तिमी लाइदिन्छु जाई जुई
दिलकी रानी हौ कि तिमी डोली सजाऊ कसो गरी ,

काँडाहरू बढेका छन

  • by

जहाँ मलाई छोड़ी गयौ काँडाहरू बढेका छन
समाजमा अघोषित साँडाहरू बढेका छन,

फूलहरू कोपिलामै टिपिन्छन नि हेर यहाँ
बस्तीहरूमा खलनायक छाडाहरू बढेका छन,

उनी मेरी दिलकी रानी

  • by

उनी मेरी दिलकी रानी बोलाएर आएँ
फूल टिपी जाहीजुही सजाएर आएँ
 
दोबाटोमा कुरी बसे उनी आउने आस पाली 
आइन उनी मनको प्यास बुझाएर आएँ
 
लोलाएका नयन उनका छरिएका केशरासी 
काखमा राखी केशरासी खेलाएर आएँ

नारी तिमी

नारी तिमी आदर्शको पुस्तक बन्नु पर्छ
समाजका रावणको खैरो खन्नु पर्छ
 
सुनको मृग देखेर लालचमा पर्दै
सीताहरूको हरण प्रथा बन्द गर्नु पर्छ

नेपाल हाम्रो बनिरहेछ रावणको लंका

चेलीलाई चिठ्ठी

  • by

घुमेर फेरि आयो है तिहार  मनाउन पाइन
चेलीको हातको भाइटिका पनि लगाउन पाइन
के गरौ चेली दुखिया जीवन गरीब भइयो
बाल बच्चा पाल्न मुस्किल भयो साहुको ऋण काडियो

चेलीको बिलौना

  • by

बर्ष  र दिनको आयो नि तिहार मेरो भाइ आएन
मेरो चाहिं माइती समुद्रपारि सजाउन पाइन
तिहारको बेला आगनी डिल सयपत्री फक्रियो
आएन माइती लगाउन माला त्यो पनि वैलियो
 

मेरी उनीलाई

  • by

हर पल सपनामा आउने उनीलाई
पल पल सम्झनामा छाउने उनीलाई
कल्पनामा मुटु मेरो छुने उनीलाई
सम्झना छ धेरै धेरै मेरी उनीलाई
 
गाउँबेसी मेला पातमा सुसेला लगाउँदै