देउरालीमा फूलपाती चडाएर आएँ
तिम्रो नाममा एउटा बत्ती जलाएर आएँ
सफल रहोस तिम्रो जीबन पूरा हुन कामना ती
स्वस्ति सान्ति मंत्र जप गराएर आएँ
रोग व्यधि दसा ग्रह असुभ केही भएदेखि
सबका सब हटुन् भनी चामल चारू डडाएर आएँ
तिम्रो भलो चाहने म मात्र यात्री एउटा
तिमै नाममा एक जोर कपोत उडाएर आएँ
लखनपुर ३ झापा ,नेपाल
हाल समुद्रपारि
