आधा दर्जनभन्दा बढी कृतिका स्रष्टा ठाकुर शर्मा नेपाली साहित्यिक आकाशका त्रिवेणी हुन् । यिनको कलम कविता विधामा जति सक्रिय देखिन्छ त्यत्ति नै सक्रिय देखिन्छ सम्पादन र समालोचनाका क्षेत्रमा पनि । उनको अध्ययन-अध्यापनको विषय साहित्यसँग सम्बन्धित भए तापनि कार्य क्षेत्र भने साहित्यभन्दा पृथक नै देखिन्छ ।