Skip to content

मधुपान गरुँ लागे मधुवनै जाउँला

  • by


मधुपान गरुँ लागे मधुवनै जाउँला
बाँसुरीको धुनसित गजल लेखी गाउँला ।

गुराँस फुल्यो मनैभरि तिम्रै स्वागत गर्न
मधुरानी तिमीसित प्रीति गाँस्न आउँला ।

फूलसरि जोवन त्यसै ओइलिएर जाने
दुबो टिपी माला गाँसे तिम्रै हातले लाउँला ।

चाँदनीको मुस्कानको टुनामुना गर्यो
प्रभातमा ‘ज्योति’ लिन तिमीतिर धाउँला

ठूलो सिरुवारी-७, सिन्धुपाल्चोक

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *