केही वर्षअघि निजीक्षेत्रको एक ‘प्लस टु कलेज’ ले ठूलै उत्साहका साथ उहाँलाई प्रमुखको रूपमा भित्र्याएथ्यो तर सम्झौता अवधिभित्रै ‘सेतो हात्तीलाई पाल्नै गाह्रो भयो’ भन्दै हटाएपछि त्यो अन्यायपूर्ण कार्यको विरुद्धमा यहाँ हुँदा मात्रै नभई अमेरिका पुगेर पनि उहाँले धेरै पत्रपत्रिकाहरूमा लेखहरू लेख्नुभयो ।
म सानो छदाँ धेरथोर सङ्गीत त सुन्थेँ तर त्यति धेरै रूचि भने थिएन । यसो टाइमपास तथा रमाइलोका लागि मात्र सुनिन्थ्यो, त्यसमा पनि नेपाली गीत त असाध्यै कम सुन्थेँ ।
वि.सं. २०१० सालमा नागरिकताअनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथामार्फत् साहित्य प्रवेश वि.सं. २०३१ को गोरखापत्रको शनिवारीय अङ्कमा प्रकाशित कथाबाट भएको हो ।
महिलाका आँखाले संसार हेर्दा कवयित्री शारदा शर्माले उज्यालो कमै देखेकी छिन् । ‘अग्निस्पर्श’मा उनले लेखेकी छिन्-‘योनी, पाठेघर र त्यहाँको डिम्बबाहेक स्वास्नी मान्छेलाई कसैले मान्छेको रूपमा हेरेको छ ? मान्यता प्रदान गरेको छ ? प्रेम गरेको छ उसलाई ?’
होहल्ला मच्चिदैँ थियो नगरपालिका कार्यालयको कम्पाउन्डमा । नगरपालिका कम्पाउन्डमा रहेका पाँच सात जना सेवाग्राहीहरू कुर्लिदैँ थिए सबै भ्रष्टाचारी भए भनेर ।
मैले वि.सं. २०४८ मा नेपालका तीन महामानव भनेर ‘वरगाही’ पत्रिकाको पूर्णाङ्क नौमा बुद्ध, बीपी र देवकोटाका तस्बिरहरू आवरणपृष्ठमा छापेर सम्मान प्रकट गर्दा कुनै अज्ञानीले ‘यिनीहरूलाई किन महामानव भनिस्’ भनेर मेरो धतुरो झारेका थिए ।