Skip to content

ध्रुब जंग सापकोटा क्षेत्री

“परिवर्तित तिमी”

अचेल प्राय: भूगोल नियालिरहेकी हुन्छ्यौ तिमी
पिरतीको प्रतिबिम्ब खोजी रहेकी हौ कि
मार्गहरु मापन गरिरहेकी हुन्छ्यौ तिमी
विश्वासको पथ खोज्दा खोज्दै रुमल्लिएकी हौ कि

युद्ध र पराजय

युद्ध आक्रोशका पर्याय ती हेराइ
युद्ध अतृप्तताको झल्को ती हेराइ
कुन्ठित चाहनाको आशातित हेराइ
बैरी पराजित पर्न उत्तेजित ती हेराइ
रणभूमिमा तातेका रणबीरका ती हेराइ
ती हेराइ………………..