अचेल प्राय: भूगोल नियालिरहेकी हुन्छ्यौ तिमी
पिरतीको प्रतिबिम्ब खोजी रहेकी हौ कि
मार्गहरु मापन गरिरहेकी हुन्छ्यौ तिमी
विश्वासको पथ खोज्दा खोज्दै रुमल्लिएकी हौ कि
सुकेको खहरे संगै रमाइरहेकी हुन्छ्यौ
आशाको भेल पर्खिरहेकी छ्यौ कि
नितान्त एक्लोपन संगै गुन्गुनाइ रहेकी हुन्छ्यौ
कसैको सामिप्यताको भ्रममा हराइरहेकी छ्यौ कि

कालो अंधेरो प्रिय लाग्दैछ तिमीलाई
कतै तिमी पनि यो स्वार्थी उज्यालोको शिकार भयौ कि
सम्बन्धहरु भांच्दै गईरहेकी छ्यौ कतै आत्मिय साईनोबाटै छलियौ कि
सपना र कल्पना संगै बर्बराएकी भेटिन्छ्यौ
बहुलट्ठी मानसिकताले तिमीलाई पनि च्याप्दै छ कि
शुन्यताको एकोहोरो नियास्रोमा संगीत बुन्दैछ्यौ
कतै तिमी पनि पिरतीका ति सुरिला भाकाबाट पो कायल भयौ कि

यिनै दैनिकीको पुनरावृत्तिसँगै फेरि पनि भूगोल नियाल्दै छ्यौ,
कतै म नै झै “परिवर्तित तिमी” पनि बिक्षिप्त बन्दै छ्यौ कि
बिक्षिप्त बन्दै छ्यौ कि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

7 thoughts on ““परिवर्तित तिमी””

  1. hi bro, thanks.
    Atitka ti

    hi bro, thanks.
    Atitka ti mitha sapana ani kalpana ko sagarma dubirahada, katakata nisthuriko yadle satairahanchha ani bipanako jhalkai sanga yo hajurko kabitale pheri man bhakai dinchha bas – basssssssssss-
    At last, kabita jadai nai ramro ani marmikta purna rahekochha, jahasamma huna sakchha ,tapaika ti sundar sabdaharu ani komol hatharu sadhai nai agadi badhai jaun yehinai mero Vijaya Dashami ko hardik SHUVAKAMA-SHUVAKAMANA-SHUVAKAMANA´´´.
    kali.

  2. dhurba ji, kasailai sodheko
    dhurba ji, kasailai sodheko jasto cha ni ho? face to face sodhnu lai alik aftero lage jasto lagyo ni ho?
    tara belive me afnu feeling yeti madhurta ko sathi poknu vayeko cha we really like it.. it’s really nice n sweet keep it up :-bd
    pram

  3. तपाईंको यो कविता ले मन छोयो ।
    तपाईंको यो कविता ले मन छोयो । तपाईं का यस्तै कबिता हरु सधैं पढ्न पाइयोस,

    लेख्दै जानुहोस् शुभकामना,

    निर्मला के.सी.
    बुटवल

Leave a Reply

Your email address will not be published. Required fields are marked *