Skip to content


बिहान सखारै यौटा आदिम प्रतिबिम्ब,
लामो लामो कपाल
झुस्स झुस्स दारी जुँगा
बनबासी भेस
ब्यग्र-आतुर हुँदै आधुनिक मानब बस्ति छिचल्दै छ
रित्तो पोल्टो बोकेर, भुस्याहा कुकुरहरुको भुकाईसंगै भाग्दै छिटो छिटो सहरतिर लम्किरकेको छ,

बेलुकीपख पुनः सहरतिरबाट लखेटिन्दै उही आकृति आइरहेको देखिन्छ
ठुलो पोल्टा भरि केहीबोकेको खोच्याउन्दै दौडिरहेको देखिन्छ
आधुनिक बस्तिका कुकुरहरु भुक्दै पछाउन्दैछन्
केटाकेटी मात्र नभई तन्नेरीहरु पनि उसलाई लखेट्दै ढुंगा बर्साई रहेका छन्

आतिंदै भोक र तिर्खाले ब्याकुल हुँदै भागी रहेको छ
जिउ नै गलेर थकित भयो
तै पनि बिसाउन पाएको छैन, भाग्दैछ लखेटिन्दै छ

यौटाले हानेको ढुङ्गो उसको पुर्पुरोको पछिल्तिर बज्रन पुग्छ
संसारनै रिंगाएर आँखा भरि कालो मडारीन थाल्छ
नुनिलो खर्सो थुक घुटुक्क निल्दै
डङरंग पछारिन्छ
एक्लो र निरिह उ रगताम्य हुँदै आधुनिक मानब बस्तिमा पछारिन्छ

उसका पोल्टाबाट नुन र तेल संगै खसेका पुस्तकहरु एत्रतत्र छरिदै रगतको आहालमा डुबछन
क्रमश: मुनामदन, सिरिसको फूल, अलिखित, दुर्भिक्ष,
अनि सरुभक्तको पागलबस्ती,
बहुलाहा बस्ती………………

ध्रुब जंग सापकोटा क्षेत्री
नेपाल, अहिले- Dubai
(email northdj777@gmail.com)

13 thoughts on “आदिम मान्छे”

  1. येस कविता मा जुन यथार्थता
    येस कविता मा जुन यथार्थता दिनु भएको छ तेस्मा साह्रै मार्मिकता लुकेको भाव हाम्रा साथी ले दिनु भयो, साह्रै खुशी लाग्यो /

    हरी गुरुङ
    पोखरा

  2. where can I buy a book for
    where can I buy a book for NEPALI GANA, ya ma ta ra ja va na sa la gaa.
    I wanted to learn poetry using NEPALI GANA.

    responses appreciated at a2b2c21 at hot mail dot com

    AINSELU

  3. यस् कबिता मा अहिले को देशको
    यस् कबिता मा अहिले को देशको परिस्थिती झल्कियको हुनाले आफ्नो कबिता मार्फत देशबाशी हरेक नेपालीले द्वन्द भन्दा शान्तिलाई
    आत्मासात गर्न पर्छ भन्ने मुल शन्देश दिन खोज्नु भयको मा खुशी लाग्यो / उहा को यो कोशीस लाई हामी सबै नेपाली ले आत्मासात गर्ने हो भने हामी नेपाली भयको मा गर्ब गर्न / यो कबिता पढ्न पायको मा म आभर ब्यक्त गर्न चाहन्छु

    अर्जुन श्रेष्ठ
    भानु- ५ तनहुँ, नेपाल

  4. Thank you DHRUBA Jee,
    Its a

    Thank you DHRUBA Jee,

    Its a very nice Poetry. I’m Interesting when i read word by word of this general poetry. Focusing to our Politics.
    I HOPE THIS ARTICLE TO BE SUPPORT ONE STEP IN OUR LIFE.

    R.C. Bhattarai
    Dibyapuri-5, Nawalparasi
    Nepal

  5. Its a very nice poem, all
    Its a very nice poem, all the words of this poetry is focusing our current politics. keep it on………

    Ram Chandra Bhattrai
    Kathmandu

  6. yo kabitama maile aru
    yo kabitama maile aru sabaikura sweekar gardai khas garera kumarjilai sano sujhab dina chahe. dukha nmannuhola ! kabita chhandama rachana nvayko hunale ‘padhya’ kabita vanna mildain. tsartha tyesko sudhar garnuhun ma binamra anurodha garna chahanchhu.

    – gorkhesailo, chitawan, nepal.

  7. हिमालयको देश बाट खाडी हुदै,
    हिमालयको देश बाट खाडी हुदै, इउरौप,अमेरिका ,कोरिया ,जापान सम्म फैलियका नेपालीहरु
    चाहे तेयाओ हिमाली,मदेसी ,पहाडी,आदिबासी जोसुखई होस आहिले हामी सबैलाई सान्ति चैयाको छ
    ! मुसलमान, हिन्दु,बौध ,सिख,किसियन जोसुखई होस , बिदेसमा जति सुखी कोहि डाक्टर एन्गीनर ,पाइलट,कार्पेन्टर, नर्स ,कुक ,सेल्स मेन, कोर्डिनेटर, वेटर , हेल्पर,दरिवर, पोर्टर, बिधार्थी, बुदिजीबी, बेयापारी सबैजना आफ्नो काममा निपुर्ण छन तर कोहि पनि खुसि छैनन्.!किनकी मनमा सान्ति छैन भने जस्तोसुखई सुख भय पनि मान्छे खुसि हुदै न ! आदिम मान्छे पनि यसको एक रूपा हो ! सारै रंग भरनू भयको छ यस कबितामा ! निरंतर कलम चलौदै जानुस मेरो कामना छ! तपाई लाई
    नबिन बन्जाडे
    कपिलबस्तु हाल
    बेलायत – लन्दन
    बेडफोर्ड

  8. Thanks bro,
    it´s very nice

    Thanks bro,
    it´s very nice article. l liked very much. it helps our situation of counrty and new generation.pls go on.
    suni,spain

Leave a Reply

Your email address will not be published. Required fields are marked *