महेश पौड्याल 'प्रारम्भ'
नेपाल बाहिर देवकोटा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा नेपालमा साहित्यिक वृत्तका अतिरिक्त पत्रपत्रिमा, घर-घरमा, सभा-समारोहमा, प्रतियोगिताहरूमा, सामान्य ज्ञानका सन्दर्भमा, राजनीतिमा र पाठ्यक्रममा सबैतिर हुने गरेको छ । देवकोटाको स्थान नेपाल बाहिर के-कस्तो छ, उनलाई नेपाल बाहिरको मुलुकका पाठक, समालोचक र विज्ञहरूले कसरी र कति बुझेका छन्, यो सबैका लगि चासोको विषय बन्नसक्छ ।
