रमेश विकल
लाहुरी भैंसी
‘लुखुर्या’ घराँ त निकै रमझम देखिन्छ नि ? ‘आँगनाँ’ पनि निकै मान्छे झ्याम्मिएका छन् । द्वारेबाले आँगनको डिलबाट नियालेर हेरे, लुखुरेको आँगनमा एउटा कालो-कालो वस्तु पनि देखिन्थ्यो- क्या हो त्यो, लुखुरेको आँगनाँ ?’- उनी आफैं हडबडाए, मानौं त्यहाँ वरिपरि अर्को कुनै मानिस हर्दम उनको कुरामा सही थाप्न खडा भएर बसिरहेको हुन्छ । बोलिसकेपछि उनी आफैं झस्केर चारैतिर हेरे- नजिक वरिपरि अर्को कुनै जीवित अस्तित्व छैन, केवल आफू ठिंगो ।
भीडसँगै हिंडिरहेको एउटा मान्छे
भीड लगातार अगाडि बढिरहेको थियो । ऊ पनि भीडसँगसँगै हिंडिरहेको थियो । सँगै हिंडिरहेको एउटा साथीले सोध्यो – “होइन, तँ हामी (भीड) सँग छस् कि छैनस् – ”
“तिमीहरूसँग नभएर कहाँ छु त म – … तिमीहरूसँगै त हिंडिरहेको छु म ।” – उसले जवाफ दियो तर साथीलाई चित्त बुझेन । उसले भन्यो – “तर म तँ लाई त हिंडिरहेको देख्तिन । तेरा गोडा मात्र हिंडिरहेको देख्छु म, तेरो मन कहाँ हिंडिरहेको छ र हामीसँग”
कर्णेल सापको कुकुर बौलाएछ
एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र < यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र < तर जति आश्चर्य लागे पनि कुरो चाहीं पक्कै हो । यस कुराका साक्षी डल्फिन बेबीका बाबु-आमा खुदै छन् । अझ उसकै भाइ टाइसन राणा र घरका अरु धाई सुसारे नोकर चाकर पनि छन् ।
परीक्षा केन्द्र : माने एक्जाम् हल
उल्फ के.सी. : (पप गायन शैलीमा) : ओ ऽऽऽ मा’ भ्यालेन्टाइन ल्यासी ! ऽऽ आई लभ या’ ऽऽ आई लभ याऽऽऽ आई लभ या ऽऽऽ ओ ऽऽऽ
सेक्सी पाण्डेः (उस्तै नक्कल गर्दै) ओ ऽऽऽ यू ब्लडी स्वाइन ऽऽऽ यू लुक अन् द मिरर ऽऽऽ ऽऽ अर ऽऽ अर ऽऽ
उल्फ के.सी. : ओ ऽऽ मा’ ओल्ड बिच ! आ’म द स्मार्ट एण्ड क्यूट ऽऽ आ’म द हिरो नम्बर वान् ऽऽऽ यु’र माई भेलेन्टाइन गर्ल ऽऽऽ ऽऽऽ
मेरी हजुरआमा
मैले आफ्नी जननीलाई राम्ररी चिन्न नपाउदै उहाको काखबाट वञ्चित हुनुपर्यो । मलाई इष्टमित्र नाता-कुटुम्बले विचरो ‘आमा नभएको टुहुरो भनेर ‘माया’ गर्थे तर मैले आफूलाई टुहुरोको कुरा धेरै पछिसम्म अनुभव गरिन । किनभने मैले पछिसम्म पनि आफ्नी ठूली आमा (बाबाकी जेठी पत्नी) लाई नै आमा ठानेा हुन पनि मेरी ठूली आमाले मलाई त्यो अनुभव गर्ने अवसर नै दिनुभएन ।
नाङ्गो रूख
त्यो केको रूख हो कसैलाई पनि थाहा छैन । तर यो सबैले देख्छन् यो सधैं नाङ्गो छ । हिउंद, वर्षा कुनै-कुनै याम यसमा पालुवा लागेको देखेको छैन कसैले । म बिहान सबेरै उठेर पूर्वपट्टीको झयालमा उभिदा मेरा आंखा सबभन्दा पहिले यसैको नाङ्गोपनामा पर्छन् । यसको सम्पुर्णा नाङ्गोपनाले मेरो भित्र एउटा अनौठो भावना जन्माइदिन्छ ।
