Skip to content


मैले आफ्नी जननीलाई राम्ररी चिन्न नपाउदै उहाको काखबाट वञ्चित हुनुपर्यो । मलाई इष्टमित्र नाता-कुटुम्बले विचरो ‘आमा नभएको टुहुरो भनेर ‘माया’ गर्थे तर मैले आफूलाई टुहुरोको कुरा धेरै पछिसम्म अनुभव गरिन । किनभने मैले पछिसम्म पनि आफ्नी ठूली आमा (बाबाकी जेठी पत्नी) लाई नै आमा ठानेा हुन पनि मेरी ठूली आमाले मलाई त्यो अनुभव गर्ने अवसर नै दिनुभएन ।

मेरी ठूली आमाबाट छोरी मात्र भएकी छोरो नभएकोले छोरोकै लागि मेरी जननीलाई विवाह गर्ने प्रेरणा दिनुभएको रे । किनभने छोरी दशौटी भए पनि वंश-वृद्धि (पिण्ड-पानी) का दृष्टिले छोरोलाई नै सन्तान मान्ने हाम्रो सामाजिक संस्कारले गर्दा छोरो हुनु नितान्त आवश्यक मानिन्थ्यो र आज पनि अधिकांशमा त्यो मानिंदैछ ।

मेरी हजुरआमाका पुराना धर्मभीरू, शास्त्रवादी आखा मेरी ठूली आमा ‘सौतेनी आमा’ नै रहनुभयो । उहाले ठूली आमालाई विश्वास आमालाई विश्वास गर्नैसक्नुभएन । सक्नु पनि कसरी ? उखानै बनेको थियो “सौताको छोरो, मुटुको किलो ।” तयसैले आफ्नो बूढेसकालको एउटैमात्र नातिलाई पूर्ण आफ्नै संरक्षणमा म उहाँकै ममताको खोकिलामा हुर्कन थाले ।

तर उहाँ पचपन्न साठी वर्षको भइसक्नु भएको थियो । साठी वर्ष भने त्यतिखेर नेपालीको औसत आयु थियो । केही विकल्प छोडेर । त्यसमाथि हजुरआमा दमकी रोगी । उहा धेरैजरो वछ्यानमा सिरकले गुटुमुटिएर, बडेमानको बालिष्टमा छाती अडाएर आधि लेटेजस्तो आधी बसेजस्तो गरे ख्वाङख्वाङ् खोक्तै छर्लङ्ङ रात काट्नुहुन्थ्यो ।

हजुरआमाले मलाई अति ‘पुल्पुल्याउने हदसम्म’ ममता र वात्सल्यले नुहाइदिनुभो । उहाँसाग हर्दम काल्पीमिश्रीको -ऐना झैं अथवा हिराझैं टक्लने मिश्रीको पोको रहिरन्थ्यो । खोकी लाग्दा उहा त्यसको टुक्रो मुखमा हाल्नुहुन्थ्यो । शायद उहाँलाई यसले खोकी मत्थर गर्छ भन्ने विश्वास थियो । अनि त्यही पोकोबाट झिकेर एक आध मुठी (मेरो आफ्नो सानो मुठीले) मलाई दिनुहुन्थ्यो राती सुत्ने बेलामा । र म त्यही चुसी चुसी कति बेला भुसुकक निदाउथे ।

शायद यसैबेलादेखि ममा गुलियो मिठाई खाने स्वाद गाडियो । पछि हजुरबाले प्रत्येक दिन भनेजस्तो राती सुत्ने बेलामा दुइटा पेडा खान दिएर यसलाई निरन्तरता दिनुभयो । त्यसैले आजसमम मेरो त्यो पेडा बर्फी प्रेम सार्वजनिक भइसकेको छ ।

यसरी मेरी हजुरआमाले मलाई पुल्पुल्याहटको हदसम्मको असीम ममता वात्सल्य माया प्रेमको संरक्षण दिनुभयो । यसबाट मैले अनन्त तृप्ति र सुरक्षाको अनुभव गरेा भने, त्यसले ममा अलि उद्दण्डता पनि आयो, म साथीहरूमाथि हैकम गथेा र कहिले कहीा विनाकसुर वा सानातिना गल्ती वा अवज्ञामा पनि दण्ड दिन्थेा, रुवाउँथेा ।

अनि त्यो दण्ड भोग्ने साथीका आमा बा फिराद लिएर हजुरआमा कहाँ आए भने हजुरआमा मलाई माऊ कुखुरीले चिल-बाज वा श्यालको हमलाबाट बचाउन ढपक्क ढाकेजसरी ढाक्नुहुन्थ्यो र उल्टै त्यो पीडित केटो वा केटीलाई दोषी ठहराउनुहुन्थ्यो- “त्यसैले केही अझ्यौल्याईं गर्यो (वा गरी) होला अनि नत्र मेरो नातिले त्यसो गर्दै गर्दैन ।”

अनि बिचरो उजुर गर्न आएको मान्छे केही प्रतिकार गर्न नसकेर लुरुक्क र्फकन्थ्यो ।

यसरी पााच वर्ष (१९९० साल) सम्म हजुरआमाको असीम ममता, वात्सल्यको संरक्षणको उपभोग गर्दै हुर्कें बढेा । अनि एक दिन त्यसबाट पनि चुाडिए । अर्थात् त्यसै साल माघ हिनाको २ गते सोमवार अपरान्ह दिनको सार सौादा सबै कोलाहल गर्दै ताछाड र मछाड गर्दै, लड्दै-पद्दै घरबाहिर सुरक्षित ठाउँ-बारीको पाटामा वैरिए ।

तेस्रो प्रहारतिर काठमाडौा उपत्यकामा महाभूकम्पले विनाशलिला मचायो । -अरू कहाँ कहाँ के के गर्यो त्यसको लेखा शायद कसैले राखेन ।

यसरी मलाई पााच वर्षसम्म आफ्नो अनन्त ममताको न्यानो खोकिलामा हुर्काउने-बढाउने मेरी दीर्घ रोगी हजुरआमाको संरक्षणबाट पनि मैले चााडै नै वञ्चित हुनुपर्यो । यो महाविनासको आघात उहाँले धेरैदिन सक्नु भएर र चााडै नै यस सुन्दर धर्तिबाट उठेर निज धाम जानुभयो । त्यो भुइाचालोले मचाएको महाविनासको ताण्डव र त्यसपछि हजुरआमाको अवशानको हृदय विदारक घटना आज पनि मेरो आाखामा झल्झली आउँछ, मानो हिजो मात्र घटित भएको हो ।

माघ महिनाको जाडो दिन । म घरमािथ उत्तरमा रूपाखेती पण्डित -त्यतिखेर उनी पण्डित भइसकेका पनि थिएनन् किशोर वयमा पढाइकै क्रममा थिए शायद) को ठूलो बारीको पाटोमा साथीहरूसाग खेल्दै थिएा । दोस्रो-तेस्रो प्रहारको मलीनघाम । तैपनि न्यानो न्यानैथियो । त्यही न्यानो घामको पहारमा त्यहाँ रूपाखेती बाजे र तिम्सिना सुबेदार बाजे (बाहुन) का गाइवस्तुहरू बााधेका थिए । त्यत्तिकैमा धार्ती विचित्रसाग डोलाउन थाल्यो । बााधेकाका गाई वस्तुहरू ‘ड्वाँड्वाँ र डूँ डूँ) गर्दै दाम्लो चुाडाल्न बल गर्दै उफ्रिन थाले । हाम्रा पनि गोडा घरमराउन थाले ।

“ए, भुइाचालो आयो, भुइाचालो ! रामः रामः रामः ।” चारैतिर कोलाहल मच्चियो । मानिसहरू- नरनारी रोगी तरुना तन्नेरी बाल वृद्ध-कसैलाई कसैको वास्ता भएन । सबै आ-आफ्नै ज्यान बचाउने धुनमा देखिन्थे ।

अनि देख्दा देख्दै पुराना थोत्रा काचो इटका, पराले छानाका घरहरू माथिदेखि नै गम्राङ्गुम्रूङ वैरिए । देख्तादेख्तै चारैतिर कुइरी मण्डल धूलो उडेर सूर्यको किरणलाई नै ढाकिदियो मानिसले आखा राम्ररी उघार्न सकेनन् । त्यस्तो हतासामा पनि मानिसहरू धनमाल बचाउन चनाखा देखिन्थे । भटाभट माथिदेखि भत्किरहेका घरहरूभित्र पनि पसेर सक्तो धनमाल बोकेर बाहिर ल्याइरहेका थिए ।

अनि घरका बूढापाकामा कोही आफ्ना परिवारजन खास गरी बालबच्चालाई खोज्दै दौड्नथालेका देखिन्थे । शक्तिहीन बुढाबूढी आफ्नै ठाउँबाट आफ्ना छोरा छोरी नाति नातिनाका नाउँ लिादै पुकार्दै थिए “ए रामे ! ए, कृष्णे ! ए श्याम ए कान्छा ! ए सेती ! ए पुतली ! ए, राधा ! ए, सीते ! ए बाटुली ! लौन खोज तिनीहरूलाई ! कहा गए तिनीहरू ?”

मेरी हजुरआमा पनि आफू हिडडुल गर्न, चल्न हल्न नसक्ने आफ्नै वछ्यानमा बसेर आत्तिदै आफ्ना छरछिमेकी, आफ्नै कुरिया -आफैले घर बनाइ दिएर खेतबारी कमाउन दिएर राखेका) परिवारलाई गुहार्दै हुनुहुन्थ्यो – “ए बाबु ! ए राम बाबु ! लौन त्यो कहा गयो । ए मोहनलाल ! ए गुल्चा (कान्छा) ! लौन त्यो केटो कहा गयो ? “लौन त्यसलाई खोजेर लेराऊ ।”

माथिल्लो पाटोमा खेलिरहेको म पनि हजुरआमाको पुकार सुनेर लड्दै र पड्दै, झण्डै एकतलाजति बारीको कान्लो फदालेर घर अगाडिको बारीकोपाटोमा आएा ,। त्यहाँ घरका बचेखुचेका सिरक, डसना, लुगाफाटा भााडावर्तन, हाँडाचिण्डा-ध्याम्पा-गाग्रा, लल्डुड’ (ठूलो अन्नहाल्ने घ्याम्पो) हरू लथालिङ्ग थिए । त्यसैको माझ आफ्नो सिकडसनामा गुटुमुटु भएर ठूलो बालिष्टमा छाती अड्याएर आधि बसेझै अधिलेटे झै हजुरआमाको काखमा घुस्रन पुगेा ।

महाभूकम्पको विभीषिकापूर्ण विनास ताण्डव थामियो । त्यसपछिको महिनौा दिन नया व्यवस्था इट पार्ने, काठ चिर्ने आदि कार्यमा व्यस्त हुनुभो बा हजुरबा र अरू सहयोगीहरू । मेरा परिवारले भोगेका कष्टकर दिनहरू मलाई त्यति अनुभूति भएन । बस साथइ भाइहरूसाग खेल्यो, दगुर्यो, लडयो पड्यो । त्यत्तिकै तर आज आएर जब त्यो घटनाको झल्को आउछ, त्यतिखेर मेरा मात्र होइन उपत्यका जनताले कति कष्टको सामना गर्नुपरेको थियो भन्ने कुराको अनुभूति जागेर आउछ ।

महाभूकम्पको ताण्डवले ध्वस्त पारेको घर त पुनर्निर्माण गर्न परिगो बाबाहरू त्यसैको प्रयत्नमा खट्नुभो । जागिरे मान्छे, दिनभरि त अड्डा धाउँनै पर्यो । त्यसका अतिरिक्त मेरो बाबाको बानी दिनमा अड्डामा बााकी रहेको काम घरैमा ल्याएर बिहान बेलुकी पनि फछ्र्याउने गर्नुहुन्थ्यो । त्यसैले घर-निर्माणतिर ध्यान दिन बिरलै समय पाउनुहुन्थ्यो । सबै अर्काकै (ज्यालाकै) भर तर त्यतिखेरका ज्यालादारी कामदारहरू आजका जस्ता ‘राजाको काम कहिले जाला घाम’ प्रवृत्तिका हुदैनथे । अपवाद छोडेर उनीहरू नैतिक प्रबृत्तिका, कर्तव्यनिष्ठ र इमानदार हुन्थे ।

त्यसमाथि आफ्नै घरबार खेतीपाती दिएर राखेका कुरियाहरू थिए । त्यसैले बाबाले त्यति चिन्ता गर्नुपर्ने अवस्था थिएन । यसो कहिलेकहीा रेखदेख र अनुगमन गरे पुग्थ्यो । त्यसैले सबै काम तदारूखताका साथ चलिरहेको थियो ।

घर अगाडिको ठूलोपाटोमा छाप्रो हालेर बसाई गरिएको थियो र त्यसैको बााकी भागमा इाट पारिएको थियो र त्यसलाई सुकाउनको लागि -अलि अखि्रएपछि चाडहरूलाइएका थिए । ती चाङ्हरू ‘भूलभुलैया’ का आकारमा थिए । अर्थात् लुकामारी खेल्न हुने । बस, अब हामीलाई के चाहियो र ? हाहा र हुहु गर्दै लुकामारी गर्दै खेल्थ्यौ त्यसमा । त्यहा अघाएपछि चौरमा तेलकासा, ‘जाड्याहा सार्की’ खेलहरू खेल्थ्यो । त्यतिखेर हामीसाग खेलमा हाम्रै ‘बालीघरे’ कान्छो दमाईं (दर्जी) को छोरो ‘पोडे’ पनि संलग्न हुन्थ्यो ।

उसलाई हामी ‘पुङ्की पुङ्की’ -बाली घरे दमाईंले बिष्टका घरमा दिनभरी लुगा सिएपछि बेलुकी पाउने सिदाचामल दाल तर्कारी, नून, तेल, बेसार, बेसार आदि ।) भन्दै जिस्क्याउँथ्यौा । ऊ हामीलाई छुन आउँथ्यो, । हामी भग्थ्यौा । -उसले छोयो भने नानीको छिठटो (छोई छिटो) हाल्नुपथ्र्यो । यी सबै खेलका लागि त्यही इाटको चाङ्को ‘भूलभुलैया’ थियो ।

यसरी हाहा हुहु, रमाइलो गर्दै मस्तीमा हाम्रो बालक्रीडा चलिरहेको थियो । घरमा, परिवारमा के भइरहेछ ? त्यसको मलार्य (हामीलाई) कुनै वास्ता थिएना । न भोक नभकारी । भोक लागे आमा -ठूली आमासाग पिरोलेर लियो खायो । निद्रा लागे सुत्यो, बस । यसभन्दा बढी न कुनै चिन्ता थियो न केही दायित्व । म पााचौा वर्षमा कुदिरहेकोले पढ्ने लेख्ने झञ्झट पनि थिएन । किनभने मेरो अक्षरारम्भनै भएको थिएन । त्यसका लागि अझै एक वर्ष फुर्सत थियो । अब अर्को वर्षको माघ महिना, सरस्वती पूजा- श्रीपञ्चमी (वसन्त पञ्चमी) देखि मात्र अक्षरारम्भ हुने थियो । त्यतिञ्जेललाई ‘हाइसञ्चो’ ।

अनि यस्तै बालक्रिडामा मग्न भएर चौरमा खेलिरहेको बेलामा एक दिन घरमा केही नौलो खल्बली सुनियो घरका आमा दिदीहरू, छिमेकका नजिककाहरू – खास गरी महिला वर्गमा रूवासी कोको होला चलेको सुनेर मनमा कौतुहल जागेर म घरतिर दगुरेा – “के भयो होला ? किन आमा दिदी, कान्छी दीदी, गुल्चिनी भाउजुहरू (र अरू छिमेकका चित्त दुखाउनेहरू) यसरी रोएका होलान् ?”

घर पुग्दा आगनमा धेरै मान्छे महिला-पुरुष जम्मा भएका । मेरी हजुरआमालायृ तुलसीको मठनिर सुताइरहेको । कोलाहलको माझ कोही तुलसीको पत्ता हालेको जलमुखमाहा लिादै भन्थे- राम ः राम ः बैकुण्ठ वास होस् ‘स्वर्गवास’ होस् भ’न्थे ।

देख्दादेख्दै हजुरआमाले एक दुई पल्ट हिक्का लिनु भयो र आाखा बडे बडे पारेर आकाशतिर हेर्नुभो र अिखरी हिच्का लिएर शन्त हुनुभो । आमा, दिदीहरू र आफ्ना नजिकका स्वास्नी मानिसहरूको रूलाई एक्कासि बढ्यो । त्यहाँ उपस्थि पुरुषहरूले भने- “लौ आमा अब हुनुहुन्न ।”

उनीहरूमध्ये केहीका आाखा पनि रसाए । मलाई के भएको हो कसरी भएको हो, किन भएको भन्ने कुराको इदभित्थम् त बोध हुन सकेन, तर मेरी हजुरआमा अब रहनुभएन भन्नेसम्म आभाष भयो र आमा, दिदी काकी आमाहरू रोएको देखेर म पनि रोएा ।

त्यस चैत्र महिना घोडे जात्राको दिन थियो । गाउका अधिकांश पुरुष, तन्नेरी युवाहरू घोडेजात्रा हेर्न टुडिखेल गएका थिए । बाबा पनि घरमा हुनुहुन्नथ्यो । अड्डा जान त पर्दैनथ्यो । त्यतै गाउ घरमै अथवा पसल टारतलको आरूवारी चोकतिर साथीभाइ कहा जानुभएको हुन सक्थ्यो । अथवा बाका ज्यादै नजिकका र मिल्न साथी सङ्ातीहरू त चाबहिलमा हुन्थे । त्यसैले धेरजसो फुर्सदको बेला उहा त्यतै जानुहुन्थ्यो ।

जहाँ भए पनि पत्ता लगाएर ल्याउन अलि टाठाकेटाहरूलाई पठाइयो । एक डेढ घण्टा पछि उहाँ आइपुग्नुभो । अनि गर्नुपर्ने बन्दोवस्त गरेर हजुरआमाको दिवङ्गत शरीरलाई दाहसंस्कारका गोकर्णेश्वरतिर लगे लागि बागमति घाटमा लगे ।

यसरी मेरी ममतामयी हजुरआमा आफ्ना सम्पूर्ण स्नेह, ममता, वात्सल्यलाई आफैासाग समेटेर निज धाम जानुभयो । सबैका साथमा रूनुधुनु गरेपछि मेरा लागि बढी कुनै कुरा रहेन । तर मैले आफ्नो जीवनमा कति अमूल्य गुमाएछु भन्ने त्यति खेर मलाई कुनै गहिरो अनुभूति भएन । हरे अब मैले हजूरआमालाई कहिल्यै देख्न पाउन्न भन्नेसम्म अहसास भने घरी भइरहन्थ्यो । त्यो पनि सुत्ने बेलामा उहाँको न्यानो खोकिलामा घुस्रन नपाउँदा र उहाँले खुसुक्क दिनुभएको काल्पी मिश्रीका टुक्रा चुस्दै निदाउन नपाउँदा ।

र सबैभन्दा बढी घरमा गाउँका मान्छे आएर “तपाईंको नातिले मेरो छोरो (वा छोरीं) लाई बिना बिराम पिट्यो’ भनेर उजुर गर्न आउँदा ‘मेरो नातिले त्यत्तिकै त्यस्तो गर्दैगर्दैन । उनीहरूले नै कुनै अझ्यौल्याइा गरे होलान, अनि’ भनेर उल्टो मलाई कुखरीले आफ्नो चल्लालाई चीच-कौवा र स्याल फ्याराको आक्रमण गर्दा त्यसबाट रक्षा गर्न दपक्क आफ्नो पखेटाले ढाकने माऊ कुखुरी जस्ती मेरी हजुरआमालाई नपाउँदा म आफूलाई असुरक्षित, टुहुरो ठान्न पुग्थेा र आफूभित्र केही रित्तोपना, केही खालीपना अनुभव हुन्थ्यो तर त्यो पनि तत्कालका लागि ।

तर आज म उहाँलाई सम्झादा मैले आफ्नो जीवनमा अमूल्य निधि गुमाएछु भन्ने अहसास हुादा भित्र भन्न नसकिने पीडाको अनुभूति हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *