Skip to content

डा. कविताराम श्रेष्ठ

स्वस्थानी कथाको सन्देश के हो ?

  • by

माघ महीनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । तर यसमा के सन्देश समाहित छ भन्नेकुरा साधरण जनमा बोध्य छैन । यीनका धार्मिक पक्षले मात्र महत्ता पाइआएको छ ।

टाउको पचासलाखको

  • by

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।

बाँदरहरू खेती गर्दैनन्

  • by

धेरै जन्तुहरू एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुली साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरू हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान पनि डरमर्दो थियो । उनीहरू आफूआफैमा त दाह्रा हान्दै थिए भने हामी अर्का जातिकालाई के बाँकी राख्लान् –

आडमा बसी कठै भन्छौ त्यही हुन्छ छुरा

  • by

हेलो गाइने दाई के छ देशको हाल ?

के हुनु हजुर ! पूर्व पश्चिम उत्तर दक्षिण आगो दन्किरा’छ, छैन निन्द्रा भोक चैन हाहाकार भा’छ

उप्याँहरू उम्कदैछन् घान जुम्रा भा छ, मौका छोप्ने श्यालहरूले मुर्दा लुछ्न पा’छ ।

विज्ञान साहित्य र रुढ बोक्ने नेपाली समालोचक

  • by

पहिले शास्त्रीय समालोचकहरुको बारेमा केही भनूँ उनीहरु त्यस्ता सूत्रहरुको बलमा आफ्नो वर्चश्व कायम राख्न चाहन्छन् जो आजको स्थितिमा वेकामे र मृत छन् । विज्ञानको उदय नै नभएको विज्ञान के भौतिकता नै आध्यात्मिकताको उरालमुनी दविएर रहेको स्थितिको उत्पादित र कैयूँ त हज्जारौँ वर्ष पुराना जीर्ण सूत्रहरुले उनीहरु हाम्रा आजको स्थितिसम्मत विज्ञान साहित्यहरुको मूल्यांकन गर्न खोज्दछन् । परिणाम के होला ? बाबु बाजेको पालाको मानापाथीले आज आविस्कृत अणुपरमाणुको नपना कसरी हुन्छ परिणामतः त्यो हज्जारौँ वर्ष पुरानो कसीहरुबाट ती नापिन्नन् । तिनमा भएका सूत्रहरुले कामै गर्दैनन् अनि या त उनीहरुका सामू पस्किएका विज्ञान साहित्यलाई पाख नपुगेको सृजना मानेर उपेक्षा गरेको नाटक रच्नु पर्यो वा होइन भने हात उठाएर भाग्नै पर्यो । शीष्ट भाषामा यसलाई सुनियोजित उपेक्षा हो कि भन्ने आशंका गर्न सकिन्छ तर शीष्टाचारको हिसावमा नभन्नॆ र सोझो हिसावमा भन्ने हो यो उनीहरुको सुनियोजित भगौडेपन हो । अझ निर्लज्ज भगौडेपन भने हुन्छ ।