Skip to content

आडमा बसी कठै भन्छौ त्यही हुन्छ छुरा

  • by


हेलो गाइने दाई के छ देशको हाल ?

के हुनु हजुर ! पूर्व पश्चिम उत्तर दक्षिण आगो दन्किरा’छ, छैन निन्द्रा भोक चैन हाहाकार भा’छ

उप्याँहरू उम्कदैछन् घान जुम्रा भा छ, मौका छोप्ने श्यालहरूले मुर्दा लुछ्न पा’छ ।

देशको जिम्मा लिने नेताहरूले केही गर्नुपर्ने होइन ?

साउको घर रेडियोमा नेता बोलिरा’छ, पेट भोकै भो त के भो ? देशमा संकट आ’छ, सक्ने भए सहरमा खुरुखुरु आउरे, नसक्नेले चुपचाप तातो गोली खाउरे । हजुर ! उनीहरूले सक्ने गरिरा’छन् ।

तपाईँ के के गर्दै हुनुहुन्छ त ? तपाईंको गीत बन्द भएको हो ?

के गर्नु हजुर निमुखा गाइनेले ? आज एउटा बन्दुकले भात खान माग्छ, भोलि अर्को बन्दुकले सोझै छाति ताक्छ, चेपको ज्यान यसैउसै गइहाल्ने भा’छ, सारंगीको रिटिङरिटिङ यसै बन्द भा’छ ।

हन, केही आशा छैन त देशमा ?

हजुर, त्यसै त अलि होइन । सिमन्टीको जंगलमा अरिंगालको गोलो, गोलो पोल्न लागिरा’छ जनताको खोलो, अन्याय र भ्रष्टाचारको जरो हल्लिरा’छ, छेउको सीयो बीचैमा होकि होकि भा’छ ।

अनि अरू ?

अरूसरु होइन दाज्यै टेलिफोनमा कुरा, अण्टसण्ट सोधनीले हुन्न सबै पुरा, खाँचो छ त गाउँमै आउ भए छाति सुरा, आडमा बसी कठै भन्छौ त्यही हुन्छ छुरा । बाइबाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *