Skip to content

राजेन्द्रप्रसाद पन्त 'तारकीणी'

दुई मुक्तक

  • by

चुम्न भनी कमल-पुष्प हात दिएकी तिमीले हो
नजर अघि सन्किएर मात दिएकी तिमीले हो
छताछुल्ल पोखिएको पुष्ट थियो यौवन
मायालु बनी मीठो यौटा रात दिएकी तिमीले हो ।

मानसिक अपांगहरू

  • by

वनभोज शब्दले मलाई आफू वनमान्छे पो हुँ कि भन्ने कुरा सम्झना भयो। ईश्वरको सिर्जना मानिएको मान्छेलाई विज्ञानले बाँदरको सन्तान देखाइदियो। हाम्रा पुर्खाहरू त बाँदर हुन्, वनमै खान्थे, खेल्थे र वनमै रम्थे। तिनै विशेष प्रजातिका बाँदर विकसित हुँदै मानवजातिको प्रादुर्भाव भयो। अनि, विस्तारै मानवलाई उसको सभ्यताले जंगलबाट गाउँ र सहरसम्म पुर्‍यायो। आजको मान्छे जंगलबाट हिँडेर सहरमा रमेको छ। गुफा, ओडार, झुप्रा हुँदै गगनचुम्बी महलमा बस्न उसको सभ्यताले उसलाई कर लगायो। निकैवटा सभ्यताको यात्री मानव आज किन वनभोज रुचाउँछ त ?

मेरो प्यारो ओलाङ्चुङगोला

  • by

पञ्चायतकालमा कुनै कर्मचारी, शिक्षक वा अन्य कुनै सरकारी/अर्धसरकारी निकायका कर्मचारीले राजनीतिमा भाग लिन खोजे तत्कालीन शासकहरूले भन्ने गरेको ‘राजनीति गरे ओलाङ् चुङगोला पुग्नुपर्ला’ थेगो बाल्यकालमा सुनेदेखि ओलाङ्चुङगोला पुग्ने जुन उत्कण्ठा मभित्र झाँगिएको थियो, त्यो गत महिना पूरा भयो । समय परविर्तनशील छ । ठाउँ यथास्थितिमा छ आज पनि ।

सभ्यताको लुतो

  • by

सभ्यताको बीज छर्नेहरूले
‘सत्य’ र ‘न्याय’ ले मलजल पुर्‍याओस्
सुन्दर र सुखद वातावरणबीच अङ्कुरण भै
शान्ति-समता फुलोस् र सिर्जना फलोस् भन्थेँ