Skip to content


बहिरा साहित्यकार
धर्तीले फेरेकै छैन टालो अझैं
फाट्न बाँकी अँध्यारो छ कालो अझैं ।
आइनौ बेदना जन्सुनामी हुरी
विश्ल पल्टाउने भुइचाँलो अझैं ।
लड्नु बाँकी अझैं भिड्नु बाँकी अझैं
सर्वहारा चुली पुग्न पालो अझैं ।
शोसिएकाहरू पिसिएका सबै
रक्तछाल वीरको बग्न आलो अझैं ।
धर्तीमा खस्छ आकाशगंगा अब
देख्दिनौं दूरको त्यो उज्यालो अझैं !!

न्वादेउ-६, नाकाली, बैतडी ।
हाल ः काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *