Skip to content


सभ्यताको बीज छर्नेहरूले
‘सत्य’ र ‘न्याय’ ले मलजल पुर्‍याओस्
सुन्दर र सुखद वातावरणबीच अङ्कुरण भै
शान्ति-समता फुलोस् र सिर्जना फलोस् भन्थेँ
विषम परिस्थितिमा उमि्रयो बीज
विलासी महलमा ऐयास र अश्लिल फुल्यो
अत्याचार, आतङ्क र भ्रष्टाचारको सुगन्धमा
सन्त्रास र अशान्ति फल्यो र पाक्यो
खिचातानी शक्तिले ग्रीष्म निम्त्यायो
उग्रघाममा फुटेर फल
आपराधिक विकृति र हानिकारक रसायनको आँधी
विष्म बीजाणु यत्रतत्र
सहरको आँसुभर लुतोले चिलाउन थाल्यो
विलासी अङ्गले प्रदूषण मात्र निम्त्यायो
उपचार गर्न मानेन
सरुवा रोग सर्वाङ्ग फैलियो
जननीको आँङभरि खटिरै खटिरा चिलाउन थाले
अन्तमा लोक नै लुतोले फत्क्यो
रोगी शरीरमा झन् हानिकारक किटाणुको प्रवेश
सहस्र रोगले आक्रान्त लोक !
धर्तीमाता छटपटीमा !

-बैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *