Skip to content

जयबहादुर घिमिरे

एक जोडी परेवाको दुःखद अन्त्य

  • by

धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले व्यवस्था गरी दिएको चारो, पानी, गुँड आदिमा पर निर्भर भएर बाँच्नु परेको थियो । त्यसैले अरु केही नभए पनि जुन मुलुकमा घडी छैन र घडीको अभाव मानिसहरूलाई समय सदुपयोग गर्न अप्ठ्यारो भएको छ । हामी त्यहाँ गइसमयको जनाउ गर्दै मानव सेवा गरौं भन्ने विचार उनीहरूले गरे ।

JayaBahadurGhimire

वीर्यदान

अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागि उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सबै कुरा मिल्नु पर्छ कि कसो हो ? हामीमा यी सबै कुराहरू मिलेको कारण आत्मिक रुपमा साह्रै नजिक भयौ ।

दुवै अविवाहित १८, १९ वर्षको अल्लारे युवक थियौ, आइ.ए. दोस्रो वर्षका । कुरै कुरामा ठट्टा गर्दा भविश्यमा एउटै साझे श्रीमती ल्याउने सम्मका आश्चर्यलाग्दा गफ गर्दथ्यौं हामीहरू ।

होशियार

  • by

स्वभाविक रुपले एउटा असल मानिस आफू
आफ्नो परिवार र राष्ट्रप्रति उत्तरादायी भएर बाँचेको हुन्छ ।
यी सम्पूर्ण कुराबाट पृथक भएर म किन बाँचिको छु ?
म आफैलाई थाहा छैन ।
किन भने म जन्मदाता, पितामाता, सहधर्मिणी
नजिकका नातेदार दाजु, भाइ, दिदी, बहिनी
तथा यौवन अवश्थाका शुभचिन्तकहरू
कसैको आशा अनुरुप भएर हुर्कन सकिन ।