जयबहादुर घिमिरे

संगतगुणको फल (आत्मकथा)

दुर्जनेन सम म संख्यम वैरञ्चापि नकारयेत
उष्णोः दहती चाङ्गारः शित कृष्णायते करम।
(दुर्जनसँग संगत नगर्नु साथै वैरभाव पनि नगर्नु किनभने जसरी कोइला तातो हुँदा पोल्छ, चिसो भएको वेलामा समायो भने हात कालो हुन्छ ।)

यो नीति श्लोक मैले काक्षा ७मा लगभग तीन दशकअगाडि संस्कृत पाठ्यपुस्तकमा पढेको थिएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वकिल

कति राम्रो पेशा तिम्रो टाई कालो सुट
गहिरिएर हेर्यो भने रहेछ अद्भूत
निर्दोष, निर्धो, ब्रह्मज्ञानी भन्ने जानीजानी
कठघरामा स्वागत गर्छौ विपक्ष नै ठानी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कलियुगकी सावित्री

गैराघरे पण्डितको छोरा हिरामणि पौडेलको स्मरण शक्ति बेजोडको थियो । बालक काल मै उसलाई हिन्दू धर्म शास्त्रको राम्रो छाप बसेको थियो । उसलाई जगन्नाथ गुरागाईको लोकप्रिय खण्ड काव्य गुणरत्नमाला कण्ठस्थ जस्तै थियो ।

सक्यो वारयेतं जलेन हुतभुक छत्रेन सूर्यातपो
नागेन्द्रो निशिताङकुशेन समदो दण्डेन गोगर्दभौ ।
व्याधिर्भेषज संग्रहैश्च विविधैर्मन्त्र प्रयोगगैर्विषं
सर्वस्यौषधिमस्ति शास्त्रविहितं मूर्खस्य नात्यौषध म ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हारभित्र लुकेको जीत संस्मरण

आज पुरा १९ महिना बितेछ, मैले लेख्न पढ्न छाडेको । यस अवधिभरिमा “हाय! हाय !लोकतान्त्रिक न्याय” शीर्षकको एउटा मात्र वास्तविक घटनामा आधारित कथा लेखी अन्तमा अलिकति काल्पनिक कुरा जोडे । २०७१ साल असार २४ गते साँझ ७:३० बजे जग्गा जमिनको साध सीमानाको निहुँमा छिमेकीसँग मेरो छोरा विष्णुको नराम्रोसँग झडप भयो । छोराले गुहार ज्यान बचाउँ भनेपछि छुट्याउन जादाँ हामी बुबा आमा समेत काटिएर सक्त घाइते भयौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लोकतान्त्रिक न्याय

अम्बरबहादुर खड्का पेशाले शिक्षक हुन् तापनि उनले उनेको पुख्र्यौली कृषि व्यवसाय पनि छोडेका छैनन् । ४ जनाको परिवार आफू दई दम्पत्ति २ भाइ १६ र १८ वर्षका छोराहरू छन् । कान्छो छोरा ९मा जेठो १२ कक्षामा अध्ययन गर्दैछन् । श्रीमती सामान्य साक्षर छिन्; प्राथमिक स्तरको शिक्षा पूरा गरेकी छिन् तर कृषि कामको लागि भने बघिनी बराबर छिन् भन्छन् गाउँलेहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म कहिले चेतिने होला ?

भरखरै वरिष्ठ साहित्यकार अनिल पौडेलको अतितको “विस्कुन” नामको आत्मसंस्मरण बजारमा आएको छ । जसलाई पाठकहरूले खुब रुचिकासाथ पढिरहेका छन् । त्यहाँ “बिहेको कथा” शिर्षकको संस्मरण छ । उनको विवाहको सन्दर्भको जसमा उनले नढाँटी नलजाई आफ्नो आर्थिक दुदर्शा उल्लेख गरेका हुन् । जसलाई नजिकबाट त्यो कुरा नबुझ्नेले अतिशयोक्ति पनि मान्न सक्छन् । तर उनको विवाहमा जन्ती गएका मेरा आफन्तहरूको कुरा अनुसार सबै सत्य हुन् मेरो विचारमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ व्यवसाय

पच्चीस वर्ष प्राथमिक दरबन्दीमा शिक्षण गरी हाल निवृत्त भएको छु । पेन्सनले घर खर्च पुग्दैन । अन्य आयस्ताको बाटो छैन । बुढेसकालमा के व्यवसाय गरौँ भनेर केही महिना घोत्लिंदा घोत्लिदै बित्यो ।

एक दिन भुल्याएस सम्झें, अब एउटा फ्ल्याट भाडामा लिने र तास खेलाउने दाउ पर्दा कहिले काँहि जुवा पनि खेलाउने । तर मन मानेन । एउटा पबित्र पेशा गरेको गुरु । कसरी त्यो व्यावसाय अपनाउने ? फेरि अर्को मनले भन्यो – मेरो पेशा मात्र त पबित्र थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भो संस्थागत आर्थिक सहयोग चाहिएन

दुर्गम गाउको प्राथमिक विद्यालयमा पढाउछु । मेरो विद्यालय र गाउँघरको नाजुक अवस्था तथा आफ्नो दायित्व दाज्छु मन बुझ्दैन । अनि मन वह लगाउन राम्रा राम्रा लेखकको राम्रा र आदर्श पुस्तकहरू, जस्तै रविन्द्र मिश्रको ‘खान पुगोस दिन पुगोस’, स्व. जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, कर्ण शाक्यको ‘सोच’, तथा जोन उडको ‘माइक्रोसफ्टदेखि वाहुनडाँडासम्म’ पढ्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ज्यान, जागिर असुरक्षित

साँचो कुरा लेखौँ भने ज्यान, जागिरको आश छ
नलेखौँ त छातीभरि पीडाहरूको ह्रास छ
ज्यान, जागीर असुरक्षित हुने ठाउँमा बास छ
आँ गर्दा अलङ्कार बुझ्नोस् भन्ने मेरो आश छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरावासीलाई चिठ्ठी : सन्तान एउटै तर असल

धरावासी दाइ,

हजुरले मलाई अह्राउनु भएको थियो, “नेपालीसाहित्यमा हिमाली क्षेत्र ओझेलमा छ । त्यसलाई पारिलो बनाऊ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संघर्षको खेती

कृषि पेशा सबैभन्दा पुन्य भनी कहलिन
त्यही पनि निधारे हुँदा सधै हिलो सुकाइने

त्यही पीडाले सहर पसी ब्यापार थालेको थिएँ
अस्वस्थ्य प्रतिष्पर्धामा थलिनसम्म थलिएँ

प्रतिष्ठित पेशा ठानी लेख्न थालेँ शुरु बुरु
पारिश्रमिक नलिएमा छापी दिन्थे खुरुखुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कलम बन्द, बोकौं डण्डा

अबदेखि गरौँ हामी अनिश्चतकालीन कलम बन्द
र बोकौँ हातमा गतिला गतिला घंगरुका डण्डा
किनभने,
दिक्दार भयौँ
पटक पटक हामीले दिएको लिखितसुझाव
नेताहरूले नमान्दा ।
तातेको फलामलाई कुट्््न किन ढिला गर्ने ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यता पनि एक दृष्टि दिने कि ? (साहित्यिक पत्रिका)

  • by

म जे कुरामाथि कलम उठाइरहेको छु, वास्तवमा यस विषयको म जिज्ञासु विद्यार्थी मात्र हुँ । मैले यसकारण यो विषयमा कलम चलाएको हुँ कि, कोही यस विषयको ज्ञाताको पनि यतातिर ध्यानाकर्षणहोस । कुरा साहित्यिक पत्रिकाहरूको वारेमा हो । अहिले सरकारी साहित्यिक पत्रिकाहरूमा मधुपर्क (२०२५) गरिमा, समष्टि आदि छन् । यी पत्रिकाहरूमा विशिष्ट विद्धानहरूको लेख रचनालाई प्राथामिकता दिई छापिन्छ । र उचित पारिश्रमिक पनि लेखकलाई दिइन्छ । अन्य गैर सरकारी साहित्यिक पत्रिकाहरूमा रचना (२०१८) अभिव्यक्ति (२०२७) नेपाली, भानु, शब्द संयोजन, वेदना, शारदा, रश्मी, जुहि, जनमत, मिरमिरे, फित्कौली, वनिता, कल्पतरु, शिवपुरी सन्देश, कौशिकि, पल्लव आदि छन् । यी सबैको वारेमा व्याख्या गर्दा ठुलै ठेली तयार हुन जाने भएकोले अहिले उत्कृष्ट मध्येको एक द्वैमासिक पत्रिका अभिव्यक्ति को वारेमा मात्र छोटो चिनारी गराउनु यो लेख को मुख्य आशय रहेको छ । उल्लेखित साहित्यिक पत्रिकाहरूले आज संम जसोतसो आफ्नो अस्तीत्व वचाउन सकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

के लेखौँ ?

  • by

साथीभाइले सोध्छन् मलाई के–के लेख्नु भयो ?
झट्टै जवाफ दिन्छु मैले जे – जे देख्नु भयो
जे जे भोग्यौ जे जे देख्यौ त्यही वढ्ता लेखौँ ।
कल्पनाको ठेली लेखी मूलवाटो नछेकौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिना लगानी तिब्बत भ्रमण

  • by

मैले ठानेको थिए महान पुरुषहरूको जीवन भोगाई मात्र पठनीय संस्मरण हुन्छ । तर खै किन मैले भोगेका भोगाईहरू पनि पो भकाभक छापिन थाले । कि पत्रिकालाई पेज भर्न आर्टिकलको खाँचो छ वा यो संस्मरणमा केही दम छ, मैले केही ठम्याउन सकिराखेको छैन । त्यसो हुनाले म विगत जीवनका भोगाईहरूलाई भकाभक सार्वजनिक गर्न अभिप्रेरित भइरहेको छु ।

अँ कुरा १८देखि २० वर्ष अघिको हो । त्यस बेलामा म श्री गुवाक्षेसा नि. मा. वि हटिया – २ हुङ्गगुङ्ग संखुबासभामा पढाउथे । शायद ५०देखि ५२ सालतिर होला, मेरो बसोबास त्यही गाउका प्रख्यात व्यापारि ठिलेन भोटेको घरमा थियो । जसको तिब्बतमा आफन्तहरू भएका कारण उनलाई तिब्बत जान आउन त्यति कठिनाई थिएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालिजको शिकार

  • by

फाल्गुनको महिना, कृष्ण पक्षको निष्पट्ट अँध्यारो रातको ३ बजे, दिउसो भए तल हेर्दा रिगंटा लाग्ने भिर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँऊ बस्तीबाट दुई घण्टाको दुरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको साहयताको भरले अत्यन्तसानो मान्छे हिडेको गोहो पहिल्याउदै म वासस्थान फर्कने शुरमा छु । हात खुट्टा लगलग कामिरहेको छ । सानो पोथ्रो गुराँसको फेदमा छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •