JayaBahadurGhimire


अनिल र म कुटुम्बेरी मिल्ने साथी भाइ थियौँ । एस.एल.सी. पश्चात राजधानीमा पढ्न जाने सन्दर्भमा हाम्रो चिनजान भयो । गहिरो मित्रताको लागि उमेर, रुची, आर्थिक हैसियत, शैक्षिक स्तर आदि सबै कुरा मिल्नु पर्छ कि कसो हो ? हामीमा यी सबै कुराहरू मिलेको कारण आत्मिक रुपमा साह्रै नजिक भयौ ।

दुवै अविवाहित १८, १९ वर्षको अल्लारे युवक थियौ, आइ.ए. दोस्रो वर्षका । कुरै कुरामा ठट्टा गर्दा भविश्यमा एउटै साझे श्रीमती ल्याउने सम्मका आश्चर्यलाग्दा गफ गर्दथ्यौं हामीहरू । तर तारादेवीले गाएको एउटा गीतमा भने झैं – सोचे जस्तो हुन्न जीवन, देखे जस्तो हुन्न जीवन, जस्तो भग्यो उस्तै हुन्छ जीवन, साच्चै हो रहेछ, समय परिस्थितिवश, उनी राष्ट्र वैंकका अफिसर भए । म माध्यमिक शिक्षक भएर सोलु गए । हाल मेरा १५ वर्षका जेठो र १२ वर्षको कान्छो २ छोराहरू छन् । उनका भने जेठी श्रीमती विवाह गरेको ६ वर्षसम्म पर्खेर बस्दा पनि कोख बाँझो रहेका कारण दोस्रो विवाह गरेर अर्कोसँग गइछिन् ।

अनिलले पनि पहिलेभन्दा सुन्दरी युवतीसँग दोस्रो विवाह गरेछन् । हाल उनको काठमाण्डौमा शुन्दर भब्य महल छ । हाम्रो मित्रता पनि पूर्ववत् नै छ । म काठमाण्डौमा जादाँ उनको घरमा बस्छु, गफगाफ हुन्छ । म उनको सम्पत्ति र घर देखेर लोभिन्छु र उनलाई सुखी देख्छु । उनीचाहि मलाई सन्तानको बाटोबाट उनीभन्दा सुखी देख्दा रहेछन् ।

उनले आफ्नो स्वाथ्य जाँच गरेका रहेछन् । सन्तान हुदैनन् भन्ने थाहा पाएर पनि यो कुरा आफैमा गोप्य राखेको रहेछन् । कान्छी ल्याएर पनि ५ वर्ष सम्ममा सन्तान नभए पछि भने उनकी कान्छी श्रीमती पनि यो मामलामा केही चिन्तित हुन लागेकी रहिछन् । गरीव गाउँले कृषक परिवारबाट राष्ट्र वैंकको अधिकृतसँग लगनगाठो कस्न पाएको हर्ष पनि क्रमशः घट्न थालेको रहेछ । श्रीमतीको यो मनोदशा उनलाई राम्ररी याद रहेछ । तर पनि आफ्नो कमजोरी देखाउन चाहँदा रहेनछन् । श्रीमती उनको कमजोरीसँग सशंकित हुन लागेकी रहिछन् यस मामलामा । उनीहरूको दाम्पत्य जीवनमा केही खल्लो अनुभूति दुवै दम्पतीलाई बढिरहेको रहेछ ।

म काठमाण्डौ पुगेपछि २, ४ दिन उसको घरमा बस्ने गर्दथे । १, २ दिन मलाई समय दिएर मेरो जरुरी काम छ भन्ने बाहना बनाउदै तपाई ढुक्कले रहनु होला भनी उनी काठमाण्डौ बाहिर जान्थे । मलाई त्यहाँ बस्न असजिलो लाग्थ्यो, तैपनि उनीहरूको आतिथ्य र लजको महंगीको कारण म त्यहाँ बस्न वाध्य हुन्थे । सुत्ने कोठा अलग अलग थियो नै । तैपनि हाम्रो युवा अवस्थादेखि हालसम्मको आत्मीय सम्बन्धको कुरा, देशको शैक्षिक, आर्थिक, राजनैतिक गतिविधिको कुराहरू झिकेर उनी मेरो कोठामा रातको १२, १ बजेसम्म गफिन्थिन् किनभने उनी एक शिक्षित नारी थिइन् ।

गफको सिलसिलामा मेरो भूमिका गौण हुन्थ्यो । उनको सौन्दर्य देखेर मभित्र कता कता लोभ लागेर आउथ्यो । मेरो विवाह पूर्व उनको श्रीमानसँग ठट्टा गरेका कुराहरू सम्झन्थे र विचार गर्थे, उनी किन म काठमाण्डौ पुगेको लगत्तै पछि केही न केही बहाना बनाएर बाहिर जान्छन् ? फेरि मलाई उनकी श्रीमतीले भन्थिन् – “तपाईलाई चाहि साच्चै नै विश्वास गर्नुहुदोरहेछ । नत्र मलाई बाहिर कही कतै जाँदा पनि अत्यन्तै निगरानी राख्ने बानी वहाको मलाई मन पर्दैन ।”

स्वच्छन्द विचरण गर्न दिदा उनले पहिले नै धोका खाइसकेको हुनाले होशियार गर्दा रहेछन् । पछि मैले उनीहरूको मनोभाव बुझेँ । मेरा साथी मसँग कुनै अस्वाभाविक सहयोगको आशा गर्दारहेछन् । जो उनको र मेरो विवाह पूर्व युवा अवस्थाको ठट्टामा भएको थियो । यता म भने महाभारत पात्र अर्जुनको आचरण अनुसरण गर्न चाहान्थे । जसमा उनले स्वर्गको सुन्दरी अप्सराको यौन प्रस्ताव अस्विकार गरी बरु एक वर्षको नपुंसक बन्ने सजाय भोगेको तथा विराट राजाको छोरी उत्तरालाई स्याहरसुसार गर्ने जिम्मेवारी लिई केटीको भूमिका आफू पुरुष भएर पनि यौन इमान्दारी साथ निभाएको तथा गुणरत्न मालाको प्रश्नोत्तर – छोरो कस्कन भन्नु ? आफ्नो कुलको उद्दार जसबाट छ, को हो शुरवीर अगाडि तरुणी देखेर डग्दैन जो, आदि तथा संस्कृत भाषाको नीतिश्लोक –

राजपत्नी गुरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नी माता स्वमाता च पञ्चैता मातरःस्मृताः ।।

(राजाकी स्त्री, गिुरुपत्नी त्यस्तै नै मित्रकी पत्नी, सासू र आफ्नी माता यी पाँचैलाई माता भनिन्छ ।)

मातृवत्परदारेषु परद्रव्येषु लोष्टवत् ।
आत्मवत्सर्वभूतेषु यः पश्यति स पण्डितः

(अर्काकी स्त्रीलाई माता समान, अर्काको धनलाई माटो समान, सबै जीवहरूलाई आफ्नै समान जसले देख्दछ, त्यही पण्डित हो ।।)

तथा साथीसँग दिगो मित्रताको लागि आर्थिक लेनदेन नगर्नु, अनावश्यक छलफल नगर्नु तथा साथीको श्रीमतीसँग चाहिनेभन्दा अलिकति पनि बढी कुरा नगर्नु भन्ने मान्यतालाई अनुसरण गरेर मैले आफूलाई उनीहरूको मनोभाव अनुसार प्रस्तुत गरिन ।

तथापि रजनीश (ओशो), सिग्मन फ्रायड्को केही कृतिहरू र मदनमणि दिक्षितको उत्तर वैदिक कालिन् उपन्यास माधवी पढेपछि भने ममा केही हिम्मत पलायो । र पुनः ती दुई दम्पतिले अनुकुल परिस्थिति मलाई मिलाएको समयमा मैले खुलेर साथीको श्रीमतीलाई सोधे । उनले अत्यन्तै स्नेहले निर्भयतासाथ मलाई अंकमाल गरिन् ।

म त थरथर काम्न थाले । मैले साथीमाथि विश्वासघात गरेको सम्झे । मैले उनको श्रीमतीलाई फकाएर साथीको अनुमति लिन महाभारत पात्र कुन्ति र पाण्डुको कथा – “पाँच पाण्डवको पाचैजनाको माता एक पिता अलग–अलग भएको प्रसंगको कथा ” सुनाएर त्यस दिन उम्केँ । त्यसको केही समय पछि साथीलाई लिएर रेस्टुराँमा वियर खान गए । मातेको अभिनय गर्दै कुरा खोले । साथीले मलाई अंकमाल गर्दै वरवर आँशु खसाए । अब मेरो समस्या सुल्झ्यो । म तयारीमा लागे । अब ढुक्कले घरमा बसे । कुरा छिनिएको हुनाले साथी पनि धेरै टाढा गएको थिएनन् । समय मिलाएर मैले कुरा राखेँ उनकी श्रीमतीलाई ।

बाफरेवाफ ! कत्रो नाटकीय आदर्श ! उनले मलाई वाघले झै झम्टन पुगिन् । यत्रो विश्वास गरेर मानी ल्याएको त तपाईंको विचार यति निम्न कोटीको छ ? भनेर छरछिमेकीले सुन्नेगरी गर्जन पुगिन् । छिमेकीहरू भेला भइहाले, साथी पनि हल्लीखल्ली सुनेर घर आइपुगे । शरम बचाउनलाई होला साथीले पनि मेरो व्याग आगनमा फालिदिए र मलाई गलहत्याए । म झोला टिपेर मालिकले कुटेको कुकुर झैँ लुरुक्क परेर कम्पाउण्ड बाहिर निस्के । त्यसपछि म त्यहाँ कहिल्यै गइन । तीन वर्षपछि टिचिङ हस्पिटल काठमाण्डौमा अचानक यी दुई दम्पतीलाई भेटेँ । दुई वर्षको लोभ लाग्दो घुतमूने छोरो काँधमा बोकेर बाबु अघिअघि आमा पछि पछि आउदै रहेछन् ।

मलाई देख्नासाथ उनीहरू दुबैले मुस्कुराउदै अभिवादन गरे । मैले पनि नमस्कार भन्दै कसिलो हात मिलाए साथीसँग । दिल खुसी भयो मेरो, उनीहरूको दाम्पत्य जीवन सही मोडमा डोरिएको पाएर । यी दाम्पतिलाई जस्ले वीर्यदान गरेको भए पनि उसको जय होस् ।

जय बहादुर घिमिरे (देउराली माइला माल्टा)
संखुवासभा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “वीर्यदान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *